धनुषाको होटलमा युवती मृत फेला, सञ्चालक र कामदार फरार

धनुषाको होटलमा युवती मृत फेला, सञ्चालक र कामदार फरार

धनुषा : धनुषाको होटलमा एक युवती मृत फेला परेकी छिन् । मिथिला नगरपालिका–६ ढल्केबरस्थित जुन तारा स्टाप लाइन होटलमा मंगलबार बिहान एक युवती मृत भेटिएको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका–१३, मियापाटी घरभई ढल्केवरमा डेरा गरी बस्दै आएकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए । उनका अनुसार मृतकको मुखबाट फिज निस्किएको अवस्थामा शव भेटिएको हो ।

घटनापछि होटल सञ्चालक रामपुकार साह तथा होटलमा कार्यरत अन्य कामदार फरार रहेको प्रहरीले जनाएको छ । उनीहरूको खोजी कार्य तीव्र बनाइएको छ । प्रहरीले अहिले घटनास्थलमा मुचुल्का गरी शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाउने तयारी गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.