२२ वर्षपछि आर्सनललाई प्रिमियर लिग उपाधि

२२ वर्षपछि आर्सनललाई प्रिमियर लिग उपाधि
तस्बिर : आर्सनलको फेसबुक पेज
सुन्नुहोस्

काठमाडौं : आर्सनलले प्रिमियर लिग २०२५/२६ को उपाधि जितेको छ। अंकगणितीय हिसाबले म्यानचेस्टर सिटीले एएफसी बोर्नमाउथसँग १-१ बराबरी खेलेपछि एक खेल अगावै आर्सनल प्रिमियर लिगको विजेता बनेको हो। 

दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले बोर्नमाउथसँगको खेल जित्नै पर्ने अवस्थामा बराबरी खेलेपछि आर्सनल २२ वर्षपछि प्रिमियर लिगको विजेता बनेको हो। मंगलबार म्यान्चेस्टर सिटीले बोर्नमाउथसँग बराबरी खेलेपछि प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी आर्सनल लाइफ पछ्याउन असफल बनेको हो।

null

सन् २००३/०४ को सिजनपश्चात आर्सनलले प्रिमियर लिगको उपाधि जित्न सकेको थिएन। यो आर्सनलको १४औं इङ्ग्लिस लिग टाइटल हो। प्रिमियर लिगको भने यो आर्सनलका लागि चौंथो उपाधि हो। 

हालसम्म म्यानचेस्टर युनाइटेडले सर्वाधिक १३ पटक प्रिमियर लिगको उपाधि जितेको छ। म्यानचेस्टर सिटीले ८ पटक चेल्सीले ५ पटक जित्दा लिभरपुलले २ पटक प्रिमियर लिगको उपाधि जितेका छन्।

आर्सनलका प्रशिक्षक रहेका मिकेल आर्टेटा प्रिमियर लिग जित्ने पूर्व खेलाडी बनेका छन् । जसले सन् २०१९ मा आर्सनलको जिम्मेवारी सम्हालेका थिए। उनले यस यसै क्लबमा रहेर सन् २०११ देखि १६ सम्म खेलेका थिए। प्रिमियर लिग जितेपछि प्रशिक्षक आर्टेटा भन्छन्,‘यो उपाधि आर्सनलसँग जोडिएका सम्पूर्णको लागि निकै विशेष छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.