बाघको तस्बीर लिने कार्य अन्तिम चरणमा

बाघको तस्बीर लिने कार्य अन्तिम चरणमा
सुन्नुहोस्

गुलरिया : पश्चिम तराईकै पर्यटकीय हबका रुपमा रहेको बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणनाको लागि तस्बीर लिने कार्य अन्तिम चरणमा पुगेको छ । पुसको पहिलो सातापछि क्यामरा जडान गरी शुरु गरिएको तस्बीर लिने कार्य बर्दियामा सकेर बाँके राष्ट्रिय निकुञ्जमा सकिने क्रममा छ ।

बाघको अध्ययन अनुसन्धानसँगै यसको संख्यालगायत आहारा प्रजातिको घनत्व तथा बासस्थान मापन गरी दीगो संरक्षणका लागि प्रत्येक ५ बर्षमा बाघ गणना गरिन्छ । चितवन तथा पर्सा राष्ट्रिय निकुञ्जमा बाघको तस्बीर लिने कार्य सकिएर तस्बीर अध्ययन–अनुसन्धान भरहेको छ । बर्दियाका तस्बीरहरु केन्द्रमा पुगिसकेका छन् । एकसाता पछि बाँकेमा पनि सकिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलो चरणको तस्बीर लिने कार्य सकिएकाले दोस्रो चरणको कार्य भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका संरक्षण अधिकृत अजित तुम्वाहाङ्फेले बताए ।

अटोमेटिक क्यामरामार्फत ट्रापी (आर) बिधिबाट लिइएका बाघका तस्बीरहरुको फरक–फरक पाटा छुट्याएर बाघको संख्या यकिन गरिन्छ । उनले भने, ‘सबै ठाउँको गणना सकिएर फोटो अध्ययन–अनुसन्धानपछि जुलाई २९ अर्थात विश्व बाघ दिवसका दिन नतिजा सार्वजनिक हुन्छ । हामीले बाघका तस्बीरहरु लिएर पठाउँछौ त्यसलाई पाटा अनुसार गणना गर्ने र नतिजा सार्वजनिक गर्ने कार्य विभागबाटै हुन्छ ।’ अधिकृत तुम्बाहाङ्फेले थपे, ‘क्यामेरा लगाएर तस्बीर लिने समय ३ महिना भन्दा बढी लाग्यो । डेटा एनालाइसिस गरी गणनाको समय पनि उत्तिकै लाग्छ ।’

बाँके–बर्दिया कम्प्लेक्समा ६ वटा ब्लकमा बाघको तस्बीर लिने कार्य भएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३, बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा २ र दाङ क्षेत्रमा एउटा ब्लकमा क्यामेरा राखिएको थियो । बर्दियाको ३ वटा ब्लकका ४५५ ग्रिड, बाँके ब्लकमा ३४८ र दाङ ९८ गरी ९ सय १ ग्रिडमा प्रतिग्रिड २ वटा क्यामेराका दरले १८ सय २ वटा क्यामेरा बाघको तस्बीर लिन प्रयोग गरिएका थिए । बाँके राष्ट्रिय निकुञ्जमा केही दिन अघिदेखि चौथो ब्लकमा १९७ वटा क्यामेरा राखिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कणेलले बताए ।

चैत्र महिनाको अन्तिम सातासम्म बाँकेमा पनि तस्बीर लिने कार्य सकिन्छ । उनले भने तस्बीर लिन जडान गरिएका क्यामेरामध्ये २८ वटा क्यामेरामा क्षति पुगेको छ । २४ वटा क्यामेरा हराएको र ४ वटा क्यामेरा वन्यजन्तुबाट तोडफोड भएका छन् । बाँकेको कम्दीलगायतका वन क्षेत्रहरुमा अधिक क्यामेरामा क्ष्ािी पुगेको छ । बर्दियामा पनि बाघको तस्बीर लिने क्यामराहरुमा क्षति पुगेको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामले बताए ।

बर्दियामा ८ वटा क्यामेरा हराएको र ५ वटा क्यामेरामा वन्यजन्तुले क्षति पु¥याएका छन् । बाँके बर्दिया कम्प्लेक्समा ३१ वटा चोरी र ९ वटा टुटफुट गरी ४० वटा क्यामेरामा क्षति पुगेको छ । यस पटक बाँके–बर्दियालगायत नेपालमै पाटेबाघको संख्या बढ्ने अनुमाग गरिएको छ । पछिल्लो तथ्यांक अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १२८, बर्दियामा १२५, पर्सा ४१, शुक्लाफाँटा ३६ र बाँकेमा २५ गरी नेपालमा ३५५ वटा पाटेबाघ रहेका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको तस्बीर लिन जडान गरिएको अटोमेटिक क्यामेरा तस्बीर : यादव आचार्य
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.