छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र चालक पक्राउ

छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक र चालक पक्राउ
सुकुना माध्यमिक विद्यालय। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर  : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालय (सुकुना मावि)मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपमा विद्यालयका दुई शिक्षक र एक जना सवारी चालकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । 

घटनापछि विद्यालयमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् । सुन्दरहरैँचा नगरपालिकाले आरोपितहरूलाई तत्काल निलम्बन गरेर कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ पर्नेमा सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन् ।

 भट्टराई विद्यालयका सवारी चालक तथा गच्छदार र मास्के शिक्षकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई सोमबार बिहान करिब १० बजेचिर नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको हो । 

विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने,परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको भन्ने सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको डीएसपी मिश्रले बताए ।

छात्राहरूमाथि यौनजन्य दुव्र्यवहारसमेत भएको हुनसक्ने आशंकालाई आधार बनाएर अनुसन्धानको दायरा थप विस्तार गरिएको प्रहरीले जनाएको छ । डीएसपी मिश्रले घटनाको वास्तविक प्रकृति, संलग्न व्यक्तिको भूमिका र आरोपको सत्यताको निष्कर्ष अनुसन्धान पूरा भएपछि मात्रै आउने बताए । 

अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता पुष्टि भए उनीहरूमाथि पनि प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले स्पष्ट पारे । घटनाका बारेमा सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र सूचना सार्वजनिक भइरहेका बेला प्रहरीले अपुष्ट तथा भ्रामक सामग्री नफैलाउन सबैसँग आग्रह गरेको छ । अनुसन्धानलाई प्रभाव पार्ने गतिविधि नगरी सत्य तथ्य बाहिर ल्याउन सहयोग गर्न पनि प्रहरीले अनुरोध गरेको छ । यता, घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले गम्भीर चासो व्यक्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सुकुना माध्यमिक विद्यालयलाई पत्राचार गर्दै आरोपित शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी आवश्यक छानबिन र कानुनी प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन् । 

नगरपालिकाले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएका आरोपलाई गम्भीर र खेदजनक घटनाका रूपमा उल्लेख गर्दै विद्यालय व्यवस्थापनलाई निष्पक्ष छानबिन गर्न, दोषी देखिएकामाथि कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न तथा गरिएको कारबाहीको विवरण नगरपालिकामा पठाउन पनि भनेको छ । 

घटनापछि विद्यालयमा तनावपूर्ण अवस्था सिर्जना भएको छ । विद्यार्थीहरूले विरोध प्रदर्शनको तयारी गरेका थिए भने अभिभावकहरू पनि दोषीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गर्दै आक्रोशित बनेका छन् । प्रहरीले घटनाको प्रत्येक पक्षको सूक्ष्म अनुसन्धान भइरहेको जनाउँदै प्रमाण,तथ्य र अनुसन्धानबाट दोषी ठहरिने जोकोहीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.