निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

धनगढीः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ टिप्न गएका बेपत्ता भनिएका  १४ जना महिला सकुशल परिवारको सम्पर्कमा आएका छन्। जंगलभित्र बाटो बिर्सिँदा उनीहरू केही समय सम्पर्कविहीन भएका थिए।

भीमदत्त नगरपालिका–१९ का वडाध्यक्ष जगुराम थारू चौधरीका अनुसार सोमबार मध्याह्न करिब सवा १२ बजेतिर सम्पर्कविहीन रहेका महिलाहरू आफैं परिवारको सम्पर्कमा आएका हुन्। उनीहरूले जंगलमा च्याउ खोज्दै जाँदा बाटो बिर्सिएपछि बाहिर निस्कन नसकेको बताएका छन्।

महिलाहरू सुरक्षित फर्किएको जानकारी पाएलगत्तै प्रमुख जिल्ला अधिकारीसहितको टोली भीमदत्त नगरपालिका–१९ बागफाँटा पुगेर उनीहरूको अवस्था बुझिरहेको छ। यसअघि आइतबार साँझदेखि सम्पर्कविहीन रहेका बेल्डाडी गाउँपालिका–२ का तीनजना महिलालाई नेपाली सेनाको रणसिंह दल गणअन्तर्गत सहसेनानी सुमन जिसीको नेतृत्वमा खटिएको टोलीले सोमबार बिहान सकुशल उद्धार गरी परिवारको जिम्मा लगाएको थियो।

रणसिंह दल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्कविहीन भएका सबै महिला अहिले सुरक्षित रहेको पुष्टि गरेका छन्। निकुञ्जभित्र अवैध रूपमा च्याउ टिप्न प्रवेश गरेका विभिन्न महिला समूह सम्पर्कविहीन भएपछि नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा निकुञ्ज प्रशासनले संयुक्त रूपमा व्यापक खोजी अभियान सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.