लागुऔषध सेवन गरेर सवारी चलाउने सात जना चालक पक्राउ

लागुऔषध सेवन गरेर सवारी चलाउने सात जना चालक पक्राउ
सुन्नुहोस्

सुनसरी : प्रतिबन्धित लागुऔषध गाँजालगायतका पदार्थ सेवन गरी यात्रु बोकेर सवारी साधन चलाउने चालकहरू धरानबाट पक्राउ परेका छन् । यस घटनाले सार्वजनिक सवारी साधन चलाउने चालकहरूको लापरबाही र सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठेको छ ।

आइतबार सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित तीनकुने क्षेत्रमा ट्राफिक प्रहरीले गरेको विशेष सवारी चेकिङका क्रममा सात जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुनसरीका प्रमुख एसपी दीपक गिरीका अनुसार ट्राफिक चेकिङका क्रममा उनीहरूले चलाइरहेका सवारीका चालकहरूमा प्रतिबन्धित लागूऔषध सेवन गरेको भेटिएको हो । पक्राउ पर्नेमध्ये चार जना चालकले गाँजा सेवन गरेको, दुई जनाले अफिम सेवन गरेको र एक जना मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको पाइएको एसपी गिरीले बताएका छन् । 

nullट्राफिक प्रहरीका अनुसार लागुऔषध सेवन गरेर सवारी चलाउनु सडक दुर्घटनाको प्रमुख कारणमध्ये एक हो । यस्ता चालकले सवारी साधनमाथि नियन्त्रण गुमाउने, यात्रुहरूलाई दुव्र्यवहार हुने र यसले यात्रुको जीवन जोखिममा पर्ने भएकाले अन्य सडक प्रयोगकर्ताको ज्यान समेत जोखिममा पर्ने गरेको छ । एसपी गिरीले पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानमा मापसे (मादक पदार्थ सेवन) र लापसे (लागुऔषध सेवन) गरेर सवारी चलाउने प्रवृत्ति बढ्दै गएको बताए । ‘दुर्घटना न्यूनीकरणका लागि सवारी चेकिङ कडाइ गरिएको छ,’ उनले भने, ‘लागुऔषध सेवन गरेर सवारी चलाउनेलाई कुनै पनि हालतमा छुट दिइँदैन ।’

यसअघि पनि ट्राफिक प्रहरीले सुनसरीको इटहरी, मोरङको निमुवा र झापाको काँकडभिट्टा क्षेत्रमा गरेको चेकिङका क्रममा ४५ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको थियो । जसका कारण कोशी प्रदेशमा सवारी दुर्घटना व्यापक बन्दै गएको प्रहरीको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी निरीक्षक अनिल माबोहाङका अनुसार पक्राउ परेका चालकहरूलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको बताए ।

null

उनले सवारी चालकहरूलाई जिम्मेवार बन्न र नियम पालना गरेर मात्र सवारी चलाउन आग्रह गरेका छन् । चालकको लापरबाही, लागूऔषध तथा मादक पदार्थको प्रभावमा सवारी सञ्चालन र ट्राफिक नियमको बेवास्ता सडक दुर्घटनाका मुख्य कारण हुन् । यस्तो अवस्थामा ट्राफिक प्रहरीको सक्रियता मात्र पर्याप्त नहुने भन्दै जनचेतना अभिवृद्धि, कडाइका साथ कानुन कार्यान्वयन र नियमित निगरानी आवश्यक देखिएको धरानका चालक खगेन्द्र थापाले बताए ।

सडक सुरक्षा सबैको साझा जिम्मेवारी भएकाले चालक, यात्रु र सम्बन्धित निकाय सबैले सतर्कता अपनाए मात्रै दुर्घटना न्यूनीकरण सम्भव हुने उनको भनाइ छ । गएको ८ महिनामा कोशी प्रदेशका विभिन्न जिल्लामा ४ हजार २ सय ९ सवारी दुर्घटना भएको एसपी गिरीले बताए । दुर्घटनामा परिवर्तनको  ३०५ को मृत्यु र ५७५ जना गम्भीर घाइते भएको उनले बताएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.