हैसियत बनाएर काम गर्ने ठाउँमा आएको छु : गृहमन्त्री गुरुङ

हैसियत बनाएर काम गर्ने ठाउँमा आएको छु : गृहमन्त्री गुरुङ
फाइल फोटो
सुन्नुहोस्

 काठमाडौं : गृहमन्त्री सुधन गुरुङले मनसुन पूर्व नै विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका छन् । आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निरीक्षण गर्दै गृहमन्त्री गुरुङले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक पर्ने सवै प्रकारका तयारी गर्न निर्देशन दिएका हुन् । सो क्रममा प्राधिकरणका अधिकारीहरुले विपद् जोखिम न्यूनीकरणका लागि भएका स्रोत साधन तथा अन्य तयारीका बारेमा जानकारी गराएका थिए ।

मनसुन आउनु भन्दा पहिले नै आवश्यक तयारी गरे धनजनको क्षति न्यूनिकरण गर्न सकिने भएकाले अहिलेदेखि नै तयारी गर्न आफूले निर्देशन दिएको गृहमन्त्री गुरुङले बताए । उनले नेपाल प्राकृतिक बिपद्को जोखिम राष्ट्र भएकाले पनि सवै मिलेर जोखिम न्यूनिकरण गर्नुपर्नेमा जोड दिए । पाठ्यक्रममा नै समावेश गरेर विपद् जोखिम न्यूनीकरणको शिक्षा प्रदान गर्नका लागि पनि काम भइरहेको उनको भनाइ छ ।

आफू १० बर्ष अघिदेखि नै विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा काम गरेको भन्दै मन्त्री गुरुङले अहिले आफू हैसियत बनाएर नै काम गर्ने ठाँउमा आएको प्रतिक्रिया दिए । अब कुनै पनि नागरिकले प्राकृतिक बिपद्बाट ज्यान गुमाउन नपर्ने गरी तयारी हुनुपर्ने उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.