गण्डकीले एपीएफलाई दियो १५१ को लक्ष्य
काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता २०२६ अन्तर्गत गण्डकी प्रदेशले विभागीय क्लब एपीएफलाई १५१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । तल्लो मूलपानी मैदानमा भएको खेल २१ ओभरमा घटाएर खेल गरिएको थियो । मैदान भिजेको हुँदा ओभर घटाएर ढिलो खेल सञ्चालन गरिएको हो ।
टस जितेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । गण्डकीको लागि ओपनर ब्याटर गौरव विकले सर्वाधिक ३७ रन बनाए। उनले ३६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर अर्जुन कुमालले २५ रन बनाए । दिपक डुम्रेले ३४ रन बनाए । दिनेश बुढा ऐरले १९ रजन बनाउँदा कप्तान विपिन खत्री २० रनमा अविजित रहे । एपीएफका लागि अभिनाश बोहोराले सर्वाधिक ३ विकेट लिए । कमलसिंह ऐरी, युवराज खत्री र अभिषेक गौतमले १–१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस !