झिमरुक फाँटमा अव्यवस्थित बसोवास बढ्दो, विकास पूर्वाधार पुर्‍याउन चुनौती

झिमरुक फाँटमा अव्यवस्थित बसोवास बढ्दो, विकास पूर्वाधार पुर्‍याउन चुनौती
सुन्नुहोस्

प्यूठान : अव्यवस्थित संरचना निर्माणले झिमरुक फाँट मासिँदै गएको छ । खेतीयोग्य जमिनमा भौतिक संरचनाहरु निर्माणले अव्यवस्थित बसोबास बढ्दै गएको हो । जसले झिमरुक फाँट कुरुप बन्दै गएको छ भने विकास पूर्वाधार पुर्‍याउन चुनौती देखिएको छ।

करिव २५ सय हेक्टरमा फैलिएको झिमरुक फाँटमा धमाधम संरचनाहरु निर्माण भइरहेको छन् । संरचना निर्माणले खेतीयोग्य जमिन त मासिएको छ नै बसोवास समेत अव्यवस्थित हुँदै गएको छ । तत्कालीन जिल्ला विकास समितिले क्वाडी कुलोदेखि तल्लो क्षेत्रमा स्थायी भौतिक संरचना नबनाउने नीति लिए पनि पछिल्लो समय सो कार्यान्वयन नहुँदा फाँट कुरुप बन्दै गएको नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले बताए । ‘उत्पादनका हिसावले यो फाँट निक्कै उर्वरभूमि हो’, उनले भने, ‘उत्पादन हुने क्षेत्र मासिदै गएको छ नै अव्यवस्थित बसोवासले भविष्यमा थप समस्या पैदा हुने देखिन्छ ।’ 

अव्यवस्थित बसोवास बढ्दै जाँदा भविष्यमा यातायात, सञ्चार, विद्युत, सिंचाई, ढल जस्ता पूर्वाधार निर्माणमा कठिनाई हुने उनको भनाई छ । योजना विना झिमरुक फाँट जथाभावी रुपमा मासिँदै जाँदा भविष्यमा खुला ठाउँको अभाव हुने देखिन्छ । शहरीकरण बढ्दै जाँदा अस्पताल, विद्यालय, तालिम केन्द्रहरु, खुला पार्क, बस स्टेशनहरु जस्ता पूर्वाधार निर्माणमा कठिनाई हुने स्थानीयमा चिन्ता पैदा भएको छ।

null

‘निजी जमिनमा भवनहरु निर्माणका रोक लगाउन कठिन छ’, प्यूठान उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक प्रकाश खनालले भने, ‘यहि रफ्तारमा अव्यवस्थित संरचना निर्माण हुँदै जाने हो भने न खेतीयोग्य जमिन बच्छ, न व्यवस्थित शहर बसाउन सकिन्छ ।’  सरकारले समय–समय नीति परिवर्तन गरिरहँदा बनिसकेका संरचनाहरु भत्काउनु पर्ने जोखिम पनि उत्तिकै रहने उनको बुझाई छ । बस्ती विकास र खेतीयोग्य जमिन संरक्षणका लागि सरकारले तत्काल ठोस योजना अघि सार्नुपर्ने उनले उल्लेख गरे ।

झिमरुक नदिको सिंचाई सुविधाले फाँटमा वर्षमा तीन खेती गर्न सकिने राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना प्यूठानका प्रमुख चुमानसिंह गिरीले बताए । ‘खेती गर्ने किसानहरुको स्वामित्वमा जमिन छैन’, उनले भने, ‘जमिनका स्वामित्व हुनेले आफू अनुकूल उपयोग गर्दा सम्भावना भएको जमिनलाई बहुउपयोगी बनाउन सकिएको छैन ।’ खेतीयोग्य जमिनलाई खेतीमै उपयोग गर्ने र छेउछाउका भिरालो जमिनमा बस्ती विकासको योजना अघि सार्नुपर्ने उनको सुझाव छ ।
 

प्यूठान जिल्लाकै सौन्दर्यको रुपमा रहेको झिमरुक फाँटको प्राकृतिक सौन्दर्यतालाई जोगाई राख्न स्थानीय पालिकाहरुलाई चुनौतीको विषय बनेको छ। झिमरुक नदीको उद्गम गौमुखी गाउँपालिकादेखि झिमरुक गाउँपालिका, प्यूठान नगरपालिका, ऐरवाती गाउँपालिका क्षेत्रमा फैलिएको झिमरुक फाँटमा अव्यवस्थित संरचना निर्माणको क्रमम बढ्दो छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.