भैरहवाबाट काठमाडौं उड्न लागेको विमानमा चढ्दै गर्दा किन पक्राउ परे भारतीय नागरिक ?
काठमाडौं : रुपन्देहीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंतर्फ प्रस्थान गर्ने क्रममा भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश राज्य, प्रकाशम जिल्लाका ५९ वर्षीय भीमा श्रीनिवास रहेका छन्।
उनको साथमा ७ लाख ९५ हजार भारतीय रुपैयाँ फेला परेपछि प्रहरीले पक्राउ गरेको हो। बुद्ध एयरको उडान नम्बर यु४ ८६० मार्फत दिउँसो ३:१० बजे काठमाडौं जाने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
विमानस्थलको आन्तरिक टर्मिनलस्थित ह्यान्ड ब्यागेज एक्स–रे मेसिनबाट जाँच गर्दा उनले बोकेको खैरो रङको हाते झोला ५०० दरका १ हजार ५९० वटा भारतीय रुपैयाँका नोट फेला परेको थियो। यस बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !