जुम्लामा १ हजार मत गणना हुँदा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै
वीरेन्द्रनगर : जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाहीको अग्रता कायमै छ । हालसम्म १ हजार मत गणना हुँदा ज्ञानेन्द्र शाही ५३० मतका साथ अग्र स्थानमा रहेका छन्। त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नरेश भण्डारीले ४२९ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसका दीपबहादुर शाहीले १५१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शान्तिलाल महतले ७४ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी बिनिता कठायतले २ मत प्राप्त गर्दा नेपाल मजदुर किसान पार्टीका बिर्षबहादुर रावतले पनि २ मत पाएका छन्।
हालसम्म १ हजार मत गणना भएको र मतगणना कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !