काभ्रेको महाभारतमा आगलागी, दुई घर र तीन गोठ जले

काभ्रेको महाभारतमा आगलागी, दुई घर र तीन गोठ जले

काभ्रेपलाञ्चोक : महाभारत गाउँपालिका- ४ गोठडाँडामा आइतबार राति आगलागी हुँदा दुई घर र तीन वटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आइतबार राति करिब १०:३० बजे मनमाया ठाडामगरको घरको भान्साबाट आगलागी सुरु भएको खाना पकाइसकेपछि आगो ननिभाई टेलिभिजन हेर्न गएको अवस्थामा भान्साको आगो फैलिँदै भान्सा कोठा पूर्ण रुपमा जलेको र नजिकै रहेका अन्य घर तथा गोठमा समेत सल्किएको प्रहरीले जनाएको छ । 

आगलागीबाट सनख बहादुर ठाडामगरको घर र गोठ जलेको छ। त्यस्तै रण बहादुर ठाडामगर थापाको घर र गोठ जलेको छ। मनमाया ठाडामगरको भान्सा घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। आगलागीबाट अन्नपात, लत्ताकपडा, सामग्रीमा र पशु चौपाया समेतमा ठूलो क्षति पुगेको छ।
प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको एपीएफ प्रहरी एसपी माधव रेग्मीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.