कर्णालीमा गगनको गर्जन : अबको पाँच वर्ष खेर जान दिदैनौं


वीरेन्द्रनगर : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच बर्ष कांग्रेसले खेर जान नदिने बताएका छन् ।  नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले सुर्खेतमा आयोजना गरेको विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले मतदातालाई आस्वस्त पार्दै भने, ‘अबको पाँच वर्ष देशका लागि निर्णायक समय हो । यो समय खेर जान दिदैनौँ । कर्णाली, जहाँ सम्भावना भन्दा समस्याका कथाहरू बढी सुनिन्छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारका सूचकमा पछाडि परेको यो प्रदेशमा नेताहरूको भाषण नयाँ होइन । तर गगनको प्रस्तुति अलि फरक देखिन्थ्यो । कर्णालीका खास मुद्वा र ठोष योजनासहित । उनले विगतका कमजोरी स्वीकार्दै भने, हामीले पनि अपेक्षा अनुसार काम गर्न सकेनौँ । तर अब बहाना होइन, परिणाम चाहिन्छ ।’

उनले देशमा रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय शिक्षा र पारदर्शी शासन रहेको बताए । कर्णालीका युवालाई लक्षित गर्दै उनले सीपमूलक तालिम, स्थानीय उद्योग प्रवद्र्धन र पर्यटन विकासलाई प्राथमिकतामा राख्ने बताए ।  ‘कर्णालीबाट युवा विदेशीनु बाध्यता होइन, विकल्प हुनुपर्छ’, उनले भने ।

कृषिमा उनले स्याउ, जडीबुटी र पशुपालनलाई व्यावसायिक बनाउने स्पष्ट योजना सुनाए । किसानले उत्पादन गर्छन् तर बजार पाउँदैनन् भन्ने गुनासोलाई सम्बोधन गर्दै उनले सहकारी र सरकारी संयन्त्रमार्फत सुनिश्चित बजारको प्रतिवद्धता जनाए । स्वास्थ्यतर्फ, दुर्गम जिल्लामा विशेषज्ञ सेवा पुर्‍याउन प्रोत्साहन प्याकेज र टेलिमेडिसिन विस्तारको योजना सार्वजनिक गरे ।

 ‘कर्णाली विकास नहुनुको कारण स्रोत अभाव मात्र होइन, व्यवस्थापनको कमजोरी पनि हो’, उनले भने, ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने र जनताको मुख्य सवाल राज्यले प्राथमिक्ता दिनु पर्नेछ ।’ उनले कर्णालीबाट कांग्रेसलाई पहिलो पार्टी बनाउन हरेक नेता तथा कार्यकर्ताहरु निर्वाचन केन्द्रीत मतदाताको घर घर पुग्न निर्देशन पनि दिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.