एमालेको केन्द्रीय पदाधिकारीमा पहिलो पटक कर्णालीको इन्ट्री
दैलेख : नेकपा एमालेको केन्द्रीय कमिटी सचिवमा कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका यामलाल कँडेल निर्वाचित भएका छन्। बिहीबार सम्पन्न ११ औ राष्ट्रिय महाधिवेशनबाट कँडेल ११८५ मतसहित सचिवमा निर्वाचित भएका हुन्।
केन्द्रीय सचिवमा कँडेल निर्वाचित भएसँगै एमालेको केन्द्रीय पदाधिकारीमा कर्णाली प्रदेशको पहिलो पटक इन्ट्री भएको हो। यसअघि कर्णालीका कुनै पनि एमाले नेताहरू पाटीको केन्द्रीय पदाधिकारीमा अटेका थिएनन्। पहिलो महाधिवेशनदेखि पछिल्लो दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न हुँदासम्म कर्णालीबाट एमालेको केन्द्रीय पदाधिकारीमा इन्ट्री पाउन सकेको थिइन्।
कँडेल एमाले पार्टी राजनीतिमा केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको १० औँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य भएका थिए।
प्रतिक्रिया दिनुहोस !