प्रदेश ५ को सभामुखमा घर्ती निर्वाचित

प्रदेश ५ को सभामुखमा घर्ती निर्वाचित

बुटवल : प्रदेश नम्बर ५ को सभामुखमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकले घर्तीलाई सभामुख चयन गरेको हो । बैठकमा जेष्ठ सदस्यको हैसियतले अध्यक्षता गरेका बलदेव शर्मा पोखरलले माओवादी केन्द्रका घर्तीलाई निर्विरोध चयन गरेको घोषणा गरेका थिए ।

सभामुखमा घर्तीको मात्रै उम्मेद्वारी परेको थियो । घर्तीलाई सभामुख बनाउन माओवादी केन्द्रका सचेतक दघिराम न्यौपानले गरेको प्रस्तावलाई एमालेका सचेतक भुमिस्वर ढकालको समर्थन गरेका थिए ।

रुकुम पूर्वको प्रदेश सभा ख बाट निर्वाचित घर्तीलाई माओवादी केन्द्रको संसदीय दलको बैठकले सभामुख बनाउने निर्णय गरेको थियो । प्रदेश ५ को संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत छ । प्रदेश ५ मा ८७ सांसदमध्ये गठबन्धनसँग ६१ सांसद छन् ।

सभामुख निर्वाचित घर्तीले बुधबार साँझ ५ बजे शपथ लिँदैछन् । प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुखको कार्यालय दरबारमार्ग लाइनमा पद तथा गोपनियताको सपथ गराउने कार्यक्रम छ । बैठकले उप–सभामुखको निर्वाचन फागुन ६ गतेलाई तोकेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.