शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको मृत्यु

शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी राउतको मृत्यु

काठमाडौं : काठमाडौं बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ । आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचाररत उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिएका छन् । 

आज बिहान काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए। आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो । पछिल्लो तीन दिनमा तीन जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । बिहीबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए ।

उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ । यस्तै शुक्रबार नै सर्लाहीका विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेकलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । उनको पनि अवस्था गम्भीर रहेको जनाइएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.