कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा, आश्रय लिएका सुकुम्बासीको बिचल्ली (भिडियो)


सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि ३ महिना बितिसक्दा समेत व्यवस्थापन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले असन्तुष्टि जनाएका छन्।

काठमाडौं : गएरातीको अविरल वर्षासँगै बाढीले काठमाडौंको कीर्तिपुरस्थित सुन्दरीघाटको राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ। होल्डिङ सेन्टरभित्र अचानक बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरूको बिचल्ली भएको हो।

धेरैजसो घरायसी सामान र लत्ताकपडा बाढीले नष्ट पारेको छ। राति अचानक बाढी पस्दा सामान जोगाउने मौका समेत नपाएको र सुरक्षाकर्मी पनि राति २ बजेपछि मात्रै आइपुगेको पीडितहरूको गुनासो छ। सरकारले १५ दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि ३ महिना बितिसक्दा समेत व्यवस्थापन नभएको र असुरक्षित स्थानमा राखिएको भन्दै पीडितहरूले असन्तुष्टि जनाएका छन्।

बर्खायाममा खोला किनारका बस्ती जोखिममा पर्ने भन्दै सरकारले काठमाडौंका नदी किनारका टहराहरूमा डोजर चलाएर उनीहरूलाई होल्डिङ सेन्टरमा सारेको थियो। तर, त्यहाँ राखिएपछि सरकारले कुनै बास्ता नगरेको र उल्टै दुःख थपिएको पीडित बताउँछन्। बरु आफ्नै टहरामा दुःख-सुख गरेर बस्नु निको हुने उनीहरूको दुखेसो छ। सरकारले आश्वासन दिएर अलपत्र पारेको उनीहरुको गुनासो छ।

यता, गृह मन्त्रालयले भने राति साढे १ बजे सूचना पाउनासाथ उद्धार टोली खटाइएको जनाएको छ। टोलीले सेन्टरमा रहेका १ सय ५४ जनामध्ये ५४ जनालाई उद्धार गरी त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा सारेको छ भने बाँकी सुरक्षित स्थान र आफन्तकहाँ ओत लागेका छन्। अहिले प्रभावितहरूका लागि खाना र राहतको व्यवस्थापन भइरहेको मन्त्रालयको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.