भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण

भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण
सुन्नुहोस्

एजेन्सी/लन्डन : केप भर्डे यस विश्वकपको प्रेरणादायी टोलीका रूपमा उदाउँदा त्यसका नायक बनेका थिए, ४० वर्षीय गोलरक्षक भोजिन्हा । भोजिन्हाले विश्वकप विजेता स्पेन, उरुग्वे र अर्जेन्टिनाजस्ता सशक्त टोलीसँग मात्रै होइन, साउदी अरेयिबासँग पनि सानदार प्रदर्शन गरेका थिए ।

स्पेनसँगको खेलमा उत्कृष्ट ८ बचाउ गरेका उनले अर्जेन्टिनासँगको खेलमा पनि ७ बचाउ गरेका थिए । केप भर्डेको पोस्ट्मा पर्खाल जसरी उभिने उनलाई ‘दी वाल’का रुपमा धेरैले चर्चा गर्दै आएका छन् ।

उनै चर्चित गोलरक्षक भोजिन्हाको सम्मानमा वैज्ञानिकहरूले नयाँ समुद्री जीवको नामकरण गरेका छन् । स्पेनका समुद्री जीव वैज्ञानिक जेसुस ओर्टेआले पत्ता लगाएको नयाँ समुद्री मोलस्कको नाम ‘अल्डिसा भोजिन्हा’ राखेका हुन् । यो नाम केप भर्डेको विश्वकप यात्रामा भोजिन्हाले गरेको उत्कृष्ट प्रदर्शनको सम्मानमा दिइएको हो ।

अनुसन्धानकर्ताका अनुसार यो करिब चार मिलिमिटर लामो रातो रङको समुद्री स्लग क्यारेबियन क्षेत्रमा संकलन गरिएको हो । यसको नमुनाको अध्ययनपछि नयाँ प्रजातिका रूपमा पहिचान गरिएको थियो । 

७५ वर्षीय ओर्टेआले आफ्नो अनुसन्धान प्रतिवेदनमा विश्वकपमा भोजिन्हाले खेलेको असाधारण भूमिकाको सम्मानस्वरूप यो नामकरण गरिएको बताएका हुन् । उनले यो प्रजातिको रातो रङले स्पेनको उपनाम ‘ला रोजा’ (द रेड वन) विरुद्ध भोजिन्हाले गरेको उत्कृष्ट प्रदर्शनको पनि सम्झना गराउने उल्लेख गरेका छन् ।

ओर्टेआले यसअघि पनि फुटबलप्रतिको आफ्नो प्रेमलाई वैज्ञानिक अनुसन्धानसँग जोड्दै कोस्टारिकाका पूर्वगोलरक्षक केलर नावासको नाममा एउटा नयाँ प्रजातिको नाम राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.