फिफा विश्वकप २०२६

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

नर्वेलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं : फिफा विश्वकप २०२६ को तेस्रो क्वाटरफाइनल खेलमा नर्वेलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनल प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डले नर्वेलाई २-१ले पराजित गरेको हो। 

नियमित ९० मिनेटको समयमा नतिजा  १-१ बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बिएको थियो। 

अतिरिक्त समयको तेस्रो मिनेटमा इङ्ल्यान्डको लागि जुड बेलिङ्घमले गोल गर्दै इङ्ल्यान्डको जित सुनिश्चित गरेका हुन्। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिङ्घमको नाममा रह्यो। नर्वेका लागि एकमात्र गोल एन्ड्रियस स्जेल्डरुपले गरे। 

खेलको पहिलो हाफमा इङ्ल्यान्डले बल पोजिसनमा आफ्नो दबदबा राखे पनि खेलको ३६ औं मिनेटमा नर्वेले पहिलो गोल निकाल्यो। नर्वेको लागि एन्ड्रियस स्जेल्डरुपले उत्कृष्ट गोल गरे। उनले हानेको प्रहार दोस्रो बारमा ठोक्किँदै पोस्टभित्र रिबाउन्ड हुँदा गोल भएको हो। 
पहिलो हाफमा ४ मिनेटको थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा इङ्ल्यान्डले बराबरी गोल फर्कायो। इङ्ल्यान्डका लागि जुड बेलिङ्घमले  ३ जना डिफेन्डरलाई बिट गर्दै उत्कृष्ट फिनिस गरे ।

खेलको पहिलो हाफ १-१ बराबरीमा सकिएको थियो। 

दोस्रो हाफमा नर्वेले खेलको ५६औं मिनेटमा गोल गरेको थियो तर त्यो गोल रद्ध भयो। कर्नरमा आएको बल गोलमा परिणत हुनु अघि एर्लिङ हालान्डले ज्यानका खेलाडीलाई पेनाल्टी बक्सभित्र धकेलेर लडाउँदा गोल रद्द गरियो र कर्नर पुन: दिएको थियो। 

को निर्धारित ९० मिनेट र थप गरिएको सात मिनेटको इन्जुरी समयमा पनि खेल १/१ बराबरीमै रह्यो। जसको फलस्वरूप खेल अतिरिक्त समयमा लम्बियो। 

अतिरिक्त समयको तेस्रो मिनेटमा जुड बेलिङ्घमले व्यक्तिगत दोस्रो र टिमको लागि पनि दोस्रो गोल गर्दै इङ्ल्यान्डलाई अग्रतामा ल्याए। यही बोल्ने निर्णायक बन्यो । इङ्ल्यान्डसँग पराजित हुँदा नर्वेको विश्वकप यात्रा सकिएको छ। इङ्ल्यान्ड फिफा विश्वकपमा चौथो पटक सेमिफाइनल पुगेको हो।  

सन् १९६६ मा विश्वकपको उपाधि जितेको इङ्ल्याण्डले सन् १९९० र २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने इङ्ल्यान्ड क्वाटरफाइनल बाटै घर फर्किएको थियो। इङ्ल्यान्डले अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको अन्तिम क्वाटर फाइनल खेलको विजेतासँग सेमीफाइनलमा खेल्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.