पूरा भयो फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण

पूरा भयो फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण

काठमाडौं : फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ। अन्तिम क्वाटर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्यान्डलाई पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएपछि शीर्ष ४ को टुङ्गो लागेको हो। 

पहिलो सेमिफाइनल खेलमा साविक उपविजेता फ्रान्स र स्पेनले खेल्नेछन्। यो सेमिफाइनल खेल बुधबार हुनेछ। यो खेल नेपाली समयअनुसार बुधबार १२:४५ मा सुरु हुनेछ। फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप जितेको थियो। त्यस्तै स्पेनले सन् २०१० मा विश्वकपको उपाधि जितेको हो।

May be an image of soccer, football and text that says 'FIFA WORLD CUP 2026" WORLD CHAMPION ? ? ? ? ? FRONZEFINAL FRONZE NAI'

दोस्रो सेमीफाइनलमा साविक विजेता अर्जेन्टिनाले इङ्ल्यान्डको सामना गर्नेछ। यो खेल बिहीबार नेपाली समयअनुसार १२:४५ मा सुरु हुनेछ। अर्जेन्टिनाले हालसम्म तीन पटक विश्वकप जितेको छ । सन् १९७८ सन् १९८६ र सन् २०२२ मा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि जितेको थियो। त्यस्तै, इङ्ल्यान्डले पनि सन् १९६६ मा विश्वकपको उपाधि जितेको थियो। 

फिफा विश्वकप २०२६ को सेमिफाइनल पुगेका चार टोलीले कम्तीमा एकपटक विश्वकप जितेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.