काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमा अग्रता बनाएको छ । कान्सास सिटी स्टेडियममा जारी खेलको पहिलो हाफमा अर्जेन्टिनाले स्विट्जरल्याण्ड विरुद्ध १-० को अग्रता बनाएको हो।
खेलको सुरुवाती पाँच मिनेट स्विट्जरल्यान्डले अर्जेन्टिना विरुद्ध दबाब बनाएको थियो। त्यसपछि भने अर्जेन्टिना आफ्नो लयमा फर्कियो। खेलको १० औं मिनेटमा अर्जेन्टिनाले अग्रता बनायो।
लियोनल मेसीले प्रहार गरेको कर्नरमा एलेक्सिस म्याक एलिस्टरले हेडरमार्फत गोल गरेका हुन्। त्यसपछि पनि केही प्रहारहरू भए दुवै टोलीले प्रहार गरेपनि गोल भने निकाल्न सकेनन्।
यो खेलको विजेता टोलीले इङ्ल्यान्डसँग सेमिफाइनलमा खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !