अफ्रिकी राष्ट्रको चुनौती समाप्त

अफ्रिकी राष्ट्रको चुनौती समाप्त

एजेन्सी/ न्युयोर्क : फिफा विश्वकप २०२६ अफ्रिकी फुटबलका लागि इतिहासकै सबैभन्दा सफल संस्करण बनेको छ। विश्वकपमा टोलीको विस्तारसँगै पहिलो पटक १० अफ्रिकी राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा नौ टोली नकआउट चरणमा पुग्न सफल भएका थिए।

यो उपलब्धिले विश्व फुटबलमा अफ्रिकी राष्ट्रहरूको बढ्दो प्रतिस्पर्धात्मक क्षमता र सम्भावनालाई स्पष्ट रूपमा स्थापित गरेको छ। तर, बिहीबार राति भएको क्वार्टरफाइनलको खेलमा मोरक्को साबिक उपविजेता फ्रान्ससँग पराजित भएपछि अफ्रिकी राष्ट्रको दावेदारी पनि समाप्त भएको छ। 

समूह चरणपछि ट्युनिसियाबाहेक सबै अफ्रिकी टोलीले अर्को चरणको यात्रा तय गरेका थिए। मोरक्को, दक्षिण अफ्रिका, इजिप्ट, कोस्टारिका, केप भर्डे, सेनेगल, घाना, अल्जेरिया र डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अन्तिम ३२ मा स्थान बनाएका थिए। 

दक्षिण अफ्रिका, कोस्टारिका र विश्वकपमा पहिलो पटक सहभागी केप भर्डेका लागि यो विश्वकप ऐतिहासिक रह्यो। तर, नकआउट चरणबाट सुरु भएको कठिन यात्रामा अधिकांश अफ्रिकी टोली क्रमशः गर्दै बाहिरिए। कोस्टारिका नर्वेसँग २–१ गोलले पराजित भयो भने अन्य टोली पनि बलिया प्रतिद्वन्द्वीको सामना गर्दै प्रतियोगिताबाट बाहिरिए। यद्यपि उनीहरूको प्रदर्शनले अफ्रिकी फुटबलको स्तर विगतभन्दा निकै माथि पुगेको सन्देश दिएको छ।

अफ्रिकी फुटबलको आशा भने फेरि एकपटक मोरक्कोले जोगाएको थियो। २०२२ को सेमिफाइनल यात्रापछि मोरक्कोले लगातार दोस्रो विश्वकपमा क्वार्टरफाइनल पुगेर नयाँ इतिहास रच्न सफल भयो। अन्तिम १६ मा सह–आयोजक क्यानडालाई ३–० गोलले हराउँदै मोरक्कोले अफ्रिकी टोलीका रूपमा विश्वकपको नकआउट चरणमा पहिलो पटक तीन गोल गर्ने कीर्तिमानसमेत बनाएको थियो। अजेद्दिन उनाहीको दुई गोल र सौफियान रहिमीको एक गोलले मोरक्कोलाई अन्तिम आठमा पुर्‍याएको थियो।

यद्यपि क्वार्टरफाइनलमा मोरक्कोको यात्रा साबिक उपविजेता फ्रान्ससँग २–० ले पराजित हुँदै टुंगियो। लगातार दोस्रो विश्वकपमा अन्तिम आठसम्म पुगे पनि यसपटक सेमिफाइनलको सपना पूरा हुन सकेन। प्रशिक्षक मोहम्मद ओवाहबीले फ्रान्स उत्कृष्ट टोली रहेको स्वीकार्दै भविष्यमा अझ माथि पुग्ने लक्ष्य रहेको बताएका थिए।  

अफ्रिकी फुटबल महासंघका अध्यक्ष प्याट्रिस मोत्सेपेले यो विश्वकपलाई अफ्रिकी फुटबलको ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार युवा विकास, प्रशिक्षक उत्पादन, घरेलु लिगको व्यावसायिकीकरण र पूर्वाधारमा गरिएको लगानीको प्रतिफल विश्वकपमा देखिएको हो। 

विश्वकप २०२६ ले एउटा स्पष्ट सन्देश दिएको छ, अफ्रिकी टोलीहरू अब ‘डार्क हर्स’ मात्र होइनन्, विश्वकप उपाधिका वास्तविक दाबेदार बन्दै गएका छन्। मोरक्कोको निरन्तर सफलता, दक्षिण अफ्रिका र कोस्टारिकाको ऐतिहासिक उपलब्धि तथा नौ टोलीको समूह चरण पार गर्ने कीर्तिमानले आगामी विश्वकपहरूमा अफ्रिकाबाट अझ बलियो चुनौती दिने स्पष्ट देखाएको छ। सन् २०३० मा मोरक्को स्वयंम विश्वकपको सह–आयोजक हुने भएकाले अफ्रिकी फुटबलको यो उभार अझ सशक्त बन्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.