सांसद हर्कराज राई ट्राफिक कारबाहीमा पर्ने

सांसद हर्कराज राई ट्राफिक कारबाहीमा पर्ने
सुन्नुहोस्

सुनसरी : प्रतिनिधिसभा सदस्य हर्कराज राई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा पर्ने भएका छन्। उदयपुरमा मोटरसाइकल चलाउँदै गर्दा एक हातले सवारी नियन्त्रण र अर्को हातले भिडियो खिच्ने क्रममा दुर्घटनामा परेपछि उनी विवादमा तानिएका छन्।

बिहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा सांसद राईले एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले मोबाइलबाट भिडियो खिचिरहेको देखिएको थियो। सोही क्रममा उनी दुर्घटनामा परेका थिए। घटनापछि सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक वृत्तमा उनको चर्को आलोचना भइरहेको छ।

घटनाबारे प्रतिक्रिया दिँदै कोशी प्रदेश ट्राफिक कार्यालयका प्रमुख एसपी दीपक गिरीले सांसद राईले ट्राफिक नियमविपरीत सवारी सञ्चालन गरेको पुष्टि भएको बताए। उनका अनुसार चलिरहेको मोटरसाइकलमा मोबाइल प्रयोग गरी भिडियो खिच्नु सवारी तथा यातायात व्यवस्था ऐनविपरीत कार्य हो।

एसपी गिरीका अनुसार सांसद राईलाई सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ। उनले पहिलो पटक यस्तो कसुर गरेको देखिएकाले न्यूनतम ५०० रुपैयाँ जरिवाना गरिने जानकारी दिए। ‘सवारी चलाउँदा मोबाइल प्रयोग गर्नु आफैंमा जोखिमपूर्ण कार्य हो। यसले चालक मात्र होइन, अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पार्न सक्छ,’ एसपी गिरीले भने। सडक सुरक्षाका विषयमा जनप्रतिनिधिहरू स्वयं जिम्मेवार र उदाहरणीय हुनुपर्ने आवाज उठिरहेका बेला सांसद राईको उक्त गतिविधिले व्यापक बहस सिर्जना गरेको छ। 

सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्ने जनप्रतिनिधि स्वयं नियम उल्लंघन गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। ट्राफिक प्रहरीले सवारी चालकहरूलाई सवारी सञ्चालनका क्रममा मोबाइल फोन प्रयोग नगर्न, भिडियो वा सेल्फी नखिच्न तथा पूर्ण सावधानी अपनाउन पुनः आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.