अर्थतन्त्रमा भारतको उदय भए पनि नेपालले फाइदा लिन सकेन : परराष्ट्रमन्त्री खनाल

अर्थतन्त्रमा भारतको उदय भए पनि नेपालले फाइदा लिन सकेन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धलाई ‘रिसेट’ (पुनर्संचना) गर्ने समय आएको बताएका छन्। पाँच दिने भारत भ्रमण सकेर नेपाल फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि भारतसँगको सम्बन्ध 'रिसेट' भएको बताएका थिए। मन्त्री खनालले सभापतिकै भनाइलाई दोहोर्‍याउँदै भारतसँगको सम्बन्ध पुनर्संचना हुनुपर्ने बताएका हुन्।

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा भारतसँग नेपालले विविध पक्षमा सहकार्य गर्ने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले विगतका असमझदारीभन्दा बाहिर निस्केर भारतसँगको सम्बन्धलाई पुनःपरिभाषित गर्न इच्छुक रहेको उनले स्पष्ट पारे। भ्रष्टाचारविरोधी र शासन सुधारका एजेन्डाबाट प्राप्त जनादेशलाई आधार मान्दै सरकारले कनेक्टिभिटी, ऊर्जा, व्यापार र प्रविधि साझेदारीलाई उच्च प्राथमिकतामा राखेको मन्त्री खनालको भनाइ छ।

उनले भारतसँगको सुरक्षा सहयोगप्रति नेपालको प्रतिबद्धता दोहोर्‍याउँदै छिटो, नतिजामुखी र मापनयोग्य उपलब्धिहरू आवश्यक रहेकोमा जोड दिए। उनले आर्थिक सहकार्य विस्तार गर्दै जनता-जनता सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता पनि औंल्याए।

यसैबीच, मन्त्री खनालले भारतको तीव्र आर्थिक उदयका अवसरहरू नेपालले पर्याप्त रूपमा उपयोग गर्न नसकेको बताए। भारतको प्रगतिको तुलनामा नेपालले विगतमा अवसर गुमाएको उल्लेख गर्दै उनले अब नीतिगत सुधार र स्पष्ट प्राथमिकताका साथ समयबद्ध विकास परियोजनामा ध्यान केन्द्रित गर्नुपर्ने बताए।

'नेपाल-भारत सम्बन्धलाई पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ। नेपालले भारतसँग धेरै क्षेत्रमा सहकार्य गर्न सक्ने भए पनि केही प्राथमिकताका क्षेत्रमा केन्द्रित भएर अघि बढ्दा मात्र ठोस परिणाम हासिल हुने देखिन्छ,' उनले भने। उनले सहकार्यका केही चुनौतीहरू रहे पनि ती चुनौतीलाई सामना गर्दै अघि बढ्न सरकार तयार रहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.