विवादबीच रास्वपा सिरहाको जिल्ला अधिवेशन हुँदै, सभापतिमा तीन जनाको दाबी
सिरहा : जिल्ला अधिवेशनमा कति प्रतिनिधि सहभागी हुने हो ? टुंगो नलाग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जिल्ला अधिवेशन भईरहेको छ । जसका लागि धनगढीमाई नगरपालिकाको जिरोमाईलमा तयारी तीव्र पारेका छन् । १७ वटा पालिकामध्ये ३ वटामा पालिका अधिवेशन विवादका कारण सम्पन्न हुन सकेको छैन । १६४ वटा वडामध्ये १८ वटा वडामा अधिवेशन भएको छैन ।
जिल्ला सभापति हरि मैनालीका अनुसार भगवानपुर गाउँपालिकामा विवादका कारण अधिवेशन सम्पन्न हुन सकेन । त्यहाँका प्रतिनिधिहरु सहभागी हुन पाउँदैनन् । नवराजपुर र अर्नामा गाउँपालिकामा पनि तर्दथ समित गठन मात्रै भएको छ । त्यहाँ प्रतिनिधि छनौट हुन पाएन । पालिका तर्दथ समितिका सभापति, उपसभापति, सचिव र वडा सभापतिहरु प्रतिनिधिको रुपमा सहभागी हुन पाउने सभापति मैनाली जानकारी गराए ।
भोलि अधिवेशन उदघाटन छ तर, अहिलेसम्म सहभागी हुने प्रतिनिधिहरुको नाम ईन्ट्री नै गर्दैछ । ‘ईन्ट्री भईरहेको छ । करिब करिब ६५० जना प्रतिनिधि सहभागी होला जस्तो छ । विभागहरु पनि गठन भएको छैन,’ उनले भने, ‘सदस्य संख्याको आधारमा प्रतिनिधि छनौट हुने गरिन्छ । विवाद भएको ठाउँ त्यो हुन पाएन ।’ २०० सदस्यतामा ३ जना प्रतिनिधि त्यसमा १ महिला अनिवार्य गरेको छ । २ सय भन्दा बढी सदस्य भएमा थप १ जना र ४ सय भन्दा बढी सदस्य भए ४-५ जना मिलाएर प्रतिनिधि बनाउने गरेको सभापति मैनालीले सुनाए ।
कोटा नै निर्धारण गरेर आदिवासी, जनजाति, मुस्लिम, दलित छुटयाएर प्रतिनिधि छनौट गर्ने छैन । १५८ वटा वडामा तदर्थ समिति गठन भएको थियो । जसमा १४६ वटा वडामा अधिवेशन भयो । यसबाहेक प्रदेश, केन्द्रका विभागमा रहेका सदस्य, जनप्रतिनिधि सम्भवतः जिल्ला अधिवेशनको प्रतिनिधि हुने उनले बताए । पार्टीमा उठेको लेबी, आफ्नो पार्टीका नेताहरुसँग सहयोग मागेर अधिवेशन गरिरहेको सभापति मैनालीको भनाइ छ । कसैले स्वच्छाले सहयोग गर्न आए स्वीकार गर्ने जनाएको छ ।
सभापतिमा तीन जनाको दाबी
नयाँ नेतृत्व चयनका लागि सभापति ३ जनाले दाबी गरेर कार्यकर्ताहरुसँग सहयोग मागिरहेको छ । अहिलेका सभापति मैनाली दोहरिन खोजेका छन् । यसैगरी गत फागुनको चुनावमा पार्टी प्रवेश गरेका रामसोगारथ यादव र सुभाष यादव पनि दाबी गरेका छन् । नयाँ नेतृत्व सहमतिमा नभई निर्वाचन प्रक्रियाबाट हुने देखिएको छ । जिल्ला अधिवेशन उदघाटन सत्रका लागि जिरोमाईलमा मञ्च तयार गर्दै ।
प्रतिक्रिया दिनुहोस !