प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा श्रम सँस्कृति पार्टीको प्रदर्शन

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा श्रम सँस्कृति पार्टीको प्रदर्शन
सुन्नुहोस्

काठमाडौं : सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिबिरुद्ध श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ । नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित बिपरित रहेको भन्दै श्रम संस्कृति पार्टीले शनिबार काठमाडौंको माइतीघरमा खवरदारी सभासहित विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले संसदमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति तथ्यहिन रहेकाले फिर्ता गर्नुपर्ने माग गरेका थिए । साथै उनीहरुले नेपाली माटोको रक्षा गरौं, राष्ट्रको सम्मान जोगाऔं, गैरजिम्मेवारी अभिव्यक्तिको विरोध गरौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सो क्रममा श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमाका बिषयमा प्रधानमन्त्रीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले हरेक देशको सीमा समस्या रहेको भन्दै सीमा समस्या र सीमा मिच्ने बिषय फरक भएको बताए । उनले सदनमा आफूहरुले राख्दै आएको अडान कायमै रहने समेत बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.