डाकाहरु समूहले गोली प्रहार गर्दा श्रीमान-श्रीमती घाइते

डाकाहरु समूहले गोली प्रहार गर्दा श्रीमान-श्रीमती घाइते
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको सोनमामा डाकाहरुको एक समूहले गोली चलाउँदै श्रीमान श्रीमती घाइते भएका छन् । गएरातिको समयमा सोनमा गाउँपालिका–०३, खखना दक्षिणबारी टोलमा लुटपाट गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान–श्रीमती नै घाइते भएका हुन् ।

५/६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव घाइते भएका हुन् । उक्त समूहले गोली प्रहार गर्दा दुवै जना घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।  

घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पन्चलाल गोलेले जानकारी दिए। घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको डिएसपी गोलेले बताए।

सम्सी गाँउपालिकामा कार्यरत रामईश्वर सुसुराली घर खखनामा बस्दै आएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.