प्रहरी हिरासतबाट छुटे दुर्गा प्रसाई

प्रहरी हिरासतबाट छुटे दुर्गा प्रसाई
फाइल फोटो

वीरगन्ज : वीरगन्जबाट एक हप्ताअघि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाई सोमबार रिहा भएका छन् । पर्सा जिल्ला अदालतको आदेशमा प्रसाईलाई सोमबार रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको उनले बताए । वीरगन्जमा हुने कार्यक्रममा सहभागी हुनका लागि वीरगन्ज आएका बेला प्रसाईंलाई गत सोमबार बेलुकी सिद्धार्थ दियालो होटलबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रसाईविरुद्ध गत मंगलबार विद्युतीय ( इलेक्ट्रोनिक ) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा मुद्दा भलाएर प्रहरी हिरासतमा राखेको थियो । राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा उनका समर्थकहरुले वीरगन्जमा पटक पटक प्रदर्शन समेत गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.