उदयपुर–२ मा रास्वपाका सुर्य बहादुर तामाङ विजयी

उदयपुर–२ मा रास्वपाका सुर्य बहादुर तामाङ विजयी

उदयपुर : उदयपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकासुर्य बहादुर तामाङ विजयी भएका छन । 

आइतबार बिहान सम्पन्न मतपरिणाम अनुसार रास्वपाका तामाङले एमालेका अम्बरबहादुर रायमाझीलाई ७ हजार १५४ मतान्तरले विजयी भएका हुन । 

निर्वाचन अधिकृत लोकबहादुर कटवालका अनुसार तामाङले चौध हजार ८०२ मत प्राप्त गरेका छन। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रायमाझिले सात हजार ६४८ मत प्राप्त गरेका छन। रायमाझी २०७९ का निर्वाचित प्रतिनिधि सभा सदस्य हुन। 

त्यसैगरी नेपाली काङ्ग्रेसका राम राइले ७ हजार २९०,नेपाली कम्युनिष्ट पार्टिका सुरेश राइले पाच  हजार १९७, श्रम संस्कृति पार्टीका बलराज राइले चार हजार १३९ मत प्राप्त गरेका छन।

यस क्षेत्रमा ९६ हजार १२२ कुल मतदाता मध्य ४४ हजार ६ सय ३४ मत खसेको छ। ४० वटा वडा रहेको यस निर्वाचन क्षेत्रमा भौगोलिक रूपमा विकट मानिने कटारी नगरपालिका, रौतामाइ गाउँपालिका, उदयपुरगढी गाउँपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिका पर्दछन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.