उदयपुर २ मा गाउँपालिकाका अध्यक्षसहित १३ जनाको मनोनयन दर्ता

उदयपुर २ मा गाउँपालिकाका अध्यक्षसहित १३ जनाको मनोनयन दर्ता
सुन्नुहोस्

उदयपुर : उदयपुर २ मा स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन अधिकृत लोकबहादुर कटुवालका अनुसार १२ वटा पार्टी र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। 

उनका अनुसार नेकपा एमालेबाट अम्वरबहादुर रायमाझी, नेकपाका सुरेशकुमार राई, नेपाली काँग्रेसका रामकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सुर्यबहादुर तामाङ्ग रहेका छन्। त्यसैगरी लिम्चुङ्गबुङ्ग गाउँपालिकाका अध्यक्ष मेजरकुमार राइ, नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर बुढाथोकी, मंगोल नेशनल अर्गनाइजेसन भाष्कर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिष्णुबहादुर खड्का रहेका छन्। 

त्यस्तै राष्ट्रिय परिवर्तन पार्टीका अरुण राई, आमजनता पार्टीका वंमबहादुर मगर, श्रम संस्कृति पार्टी वलराज राई, नेकपा माओबादी दुर्गाबहादुर तामाङ्ग र जनता समाजवादी पार्टीका केशवबहादुर मगर रहेको निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी नारायण थापाले बताए। 

उम्मेदवारी दर्ता गराएका एमालेका कोशी प्रदेश कमिटीका सचिवालय सदस्य रायमाझीले २०७९ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा तत्कालिन नेपाली काँग्रेस, नेकपा माओबादी र समाजवादी पार्टी मिलेर बनेको गठबन्धनका उम्मेदवार जगन्नाथ खतिवडालाई पराजित गरेका थिए। 

त्यसैगरी नेकपाका केन्द्रीय सदस्य रहेका शुरेस २०६४ को निर्वाचनमा एमाले र माओबादी विचको पार्टी एकताबाट बनेको नेकपाबाट निर्वाचित भएका थिए । त्यस्तै काँग्रेसका पुर्व क्षेत्रीय सभापति रहेका रामकुमार कटारी गाबिसका २०५४ को पुर्वअध्यक्ष हुन् । रास्वपाका राई नयाँ अनुहार हुन्। 

स्वतन्त्र उमेदवार मेजर २०७९ को निर्वाचनमा दोश्रो पटक नेकपा माओबादीबाट अध्यक्षमा निर्वाचित भएका थिए । फागुन २१ गते निर्वाचन मिति तय भएसँगै राईले उम्मेदवारी घोषणा गरेका थिए । नेकपाबाट टिकट नपाएपछि राईले माघ ४ गते पालिका अध्यक्षबाट राजिनामा दिई उम्मेदवार घोषणा गरेका थिए । राई पहिलो कार्यकाल नेकपा माओबादी र दोश्रो कार्यकाल काँग्रेससँगको गठबन्धनमा विजयी भएका थिए। 

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि प्रमुख चार पार्टी एमाले, काँग्रेस, नेकपा र रास्वपाले कटारी बजारमा नाराजुलुस र बाजागाजासहित परिक्रमा गरी निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्ता पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उम्मेदवारहरुले क्षेत्रनं २ को समृद्धका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.