भारत, चीन, अमेरिका र राजनीति दलप्रति मेयर बालेनको अशोभनीय अभिव्यक्ति, भने- तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौं

भारत, चीन, अमेरिका र राजनीति दलप्रति मेयर बालेनको अशोभनीय अभिव्यक्ति, भने- तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौं

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा आपत्तिजनक स्टाटस लेखेका हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा 'भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौं' भन्ने आशयको विवादित स्टाटस लेखेका छन्। मेयर बालेनले शनिबार मध्यरातमा लेखेको उक्त स्टाटस अहिले डिलिट गरेका छन्। सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले स्टाटस डिलिट गरेका थिए।

छिमेकी देश र प्रमुख राजनीतिक दलका विषयमा आपत्तिजनक स्टाटस लेखपछि उनको चौतर्फी आलोचना भएको थियो। उनले कांग्रेस, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र भारत, अमेरिका र चीनको नाम लिएरै विवादस्पद् अभिव्यक्ति दिएका थिए।

बालेन सामाजिक सञ्जालमा लेखेका स्टाटसका कारण चर्चामा रहने गर्छन्। यसअघि पनि सिंहदरवारमा आगो लगाइदिनेजस्ता अभिव्यक्तिका कारण उनी विवादमा परेका थिए। सोही अभिव्यक्तिकै कारण जेनजी आन्दोलनमा सिंहदरवार जलाइएको भन्दै उनीविरुद्ध उजुरीसमेत परेको छ। जेनजी आन्दोलनमा पनि फेसबुकमा विभिन्न स्टाटस लेखेर उक्साएको उनीमाथि आरोप लाग्दै आएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.