रास्वपा महाधिवेशनमा प्रचण्ड नजाने
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारबाट चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नेता वर्षमान पुन ‘अनन्त’ जाने भएका छन् ।
नेकपाले महाधिवेशनको उदघाटन सत्रमा शुभकामना दिन पुनलाई पठाउने भएको हो । रास्वपाले भरतपुरको गेष्ट हाउस चौरमा हुने सम्मेलन उदघाटन समारोहमा सहभागी हुन संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा पठाएको थियो । पूर्ण रुपमा स्वास्थ्य लाभ नभइसकेका कारण प्रचण्डले पुनलाई पठाउन लागेका हुन् ।
निमोनिया र ज्वरोका कारण अस्वस्थ भएपछि प्रचण्ड करिब १० दिन अस्पताल बसेर १८ जेठमा डिस्चार्ज भएका थिए । त्यसयता पहिलो पटक पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार आयोजित सदस्यता नवीकरण अभियानको शुभारम्भ कार्यक्रममा उनी सहभागी भएका थिए । नेता पुनले आफू रास्वपा महाधिवेशनमा शुभकामना दिन आइतबार बिहानै चितवन जान लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !