स्वर्गको सपना, पृथ्वीमै ऐयासी : पाकिस्तानी आतंकवादीहरूको खल्तीमा भेटिए यस्ता ‘लभ लेटर’

स्वर्गको सपना, पृथ्वीमै ऐयासी : पाकिस्तानी आतंकवादीहरूको खल्तीमा भेटिए यस्ता ‘लभ लेटर’

पाकिस्तान : कश्मीरमा दशकौंदेखि पाकिस्तानले जसलाई ‘धर्मयुद्ध’ वा ‘जिहाद’ भन्दै आएको छ, त्यसको वास्तविक र भित्रि सत्य अब प्रमाणसहित संसारसामु आउन थालेको छ । उपत्यकामा धर्मको नाममा रक्तपात गर्न आएका विदेशी तथा पाकिस्तानी आतंकवादीहरूको उद्देश्य कहिल्यै पनि कुनै ‘पवित्र’ लडाइँ थिएन । 

मुठभेडमा मारिएका ती आतंकवादीहरूको खल्ती खानतलासी गर्दा सुरक्षा बलहरूले ‘शहादत’ का सन्देश होइन, बरु कश्मीरी युवतीहरूलाई लेखिएका ‘लभ लेटर’ र कन्डोम जस्ता वस्तुहरू फेला पारे । यसले त्यस्तो खतरनाक सम्बन्धलाई उजागर गर्छ, जसले कश्मीरका निर्दोष मानिसहरूलाई धोका दिएर आतंकको नाममा केवल ऐयाशीको खेल खेलेको थियो ।

यो सनसनीपूर्ण वास्तविकता एक पूर्व कश्मीरी आतंकवादी र पछि भारतीय सेनाका लागि अन्डरकभर एजेन्टको रूपमा काम गरेका मुश्ताक अहमद भटले सार्वजनिक गरेका हुन् । उनको कोडनेम अशफाक÷रोमियो थियो । हालै युट्युबर प्रखर गुप्ताको लोकप्रिय पोडकास्टमा भएको अन्तर्वार्तामा उनले यो कालो सत्य उजागर गरेका हुन् । उनले ९० को दशकदेखि २०१६ सम्मको आतंकवादको अँध्यारो इतिहास खोल्दै पाकिस्तानले लुकाउन खोजेको वास्तविकता बाहिर ल्याए । उनका अनुसार सीमा पारबाट आउने आतंकवादीहरू ‘मुजाहिद’ को भेषमा आएर केवल स्थानीय युवतीहरूलाई फसाउने र शोषण गर्ने काम गर्थे ।

‘लभ लेटर’ र विदेशी आतंकवादीहरूको धोका
पोडकास्टमा मुश्ताकले ती ‘लभ लेटर’ का पुराना बन्डलहरू देखाए, जुन मरेका पाकिस्तानी आतंकवादीहरूको खल्तीबाट फेला परेका थिए । अंग्रेजी, हिन्दी र उर्दूमा लेखिएका ती पत्रहरूमा जिहादको कुनै कुरा थिएन, बरु कश्मीरी युवतीहरूलाई फसाउन लेखिएका प्रेमपूर्ण कुरा र झूटा कसमहरू थिए । ती पत्रहरूमा लेखिएको थियो, ‘पापीसँग होइन, पापसँग घृणा गर’, ‘म तिम्रो राम्रो चरित्रलाई माया गर्छु’ आदि । मुश्ताकका अनुसार विदेशी आतंकवादीहरूले यस्ता झूटा प्रेमपत्रहरू प्रयोग गरेर स्थानीय युवतीहरूलाई जालमा पार्थे ।

‘जिहाद’ को नाममा ऐयासीका प्रमाण
कथा केवल लभ लेटरमा मात्र सीमित छैन । पूर्व कमाण्डरका अनुसार धेरै मुठभेडमा मारिएका पाकिस्तानी आतंकवादीहरूको तलासी गर्दा उनीहरूबाट कन्डोम पनि फेला परेको थियो । जब सुरक्षाकर्मीहरूले उनीहरूलाई सोध्थे कि यदि उनीहरू धर्मयुद्ध गर्न आएका हुन् भने यी वस्तु किन बोकेका छन्, उनीहरू आक्रोशित हुँदै ‘काफिर–काफिर’ चिच्याउँथे । यसले स्पष्ट देखाउँछ कि उनीहरू धार्मिक युद्ध होइन, बरु व्यक्तिगत स्वार्थ र ऐयासीका लागि आएका थिए ।

अवैध सम्बन्ध र कश्मीरी जीवनमा असर
अन्तर्वार्तामा अर्को चकित पार्ने तथ्य पनि सार्वजनिक भयो । शोपियाँ र दक्षिण कश्मीरका धेरै गाउँमा आज पनि त्यस्ता बालबालिका छन्, जो पाकिस्तानी आतंकवादीहरूको अवैध सन्तान हुन् । ती आतंकवादीहरूले स्थानीय घरहरूमा आश्रय लिएर झूटा विवाह वा सम्बन्ध बनाएर बसेका थिए । पछि उनीहरू मुठभेडमा मारिए, तर उनीहरूले छोडेका महिला र बालबालिकाहरू आज पनि सामाजिक कलंकका साथ जीवन बिताइरहेका छन् ।

‘मुजाहिद’ होइन, केवल स्वार्थी व्यक्तिहरू
दशकौंदेखि ‘शहीद’ र ‘मुजाहिद’ को नाममा कश्मीरमा हिंसा फैलाउनेहरूको वास्तविकता अब बाहिर आउँदैछ । यो तथ्यले देखाउँछ कि कश्मीरमा पाकिस्तान प्रायोजित आतंकवाद कहिल्यै पनि धार्मिक वा वैचारिक लडाइँ थिएन । यो केवल यस्तो गतिविधि थियो, जसमा युवाहरूलाई प्रयोग गरेर केही समूहहरूले आफ्नो स्वार्थ पूरा गरे । यो सत्य कश्मीरका ती युवाहरूका लागि चेतावनी हो, जो अझै पनि यस्ता प्रचारको शिकार भइरहेका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.