दिल्ली रेलवे स्टेशनमा सिटका लागि हत्या, भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’
भारत : भारत दिल्लीको शाहदरा रेलवे स्टेशनमा जनरल डिब्बामा चढ्ने क्रममा भएको विवादले भयावह रूप लिँदा एक यात्रुको कुटपिटबाट मृत्यु भएको छ । शनिबार बिहान योगा एक्सप्रेस रेलको जनरल बोगीमा सिट लिन खोज्ने क्रममा यात्रुहरूबीच झगडा भएको थियो ।
त्यसपछि केही यात्रुले उत्तर प्रदेशको बागपत निवासी पंकज धामामाथि सामुहिक रूपमा आक्रमण गरी लात–मुक्काले निर्घात कुटपिट गरेका थिए ।
घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा एक रेलवे सुरक्षा बल जवानले भीडबाट पीडितलाई छुट्याए पनि तत्काल अस्पताल नपुर्याई प्लेटफर्ममै लड्न छोडेको देखिन्छ ।
गम्भीर घाइते अवस्थामा रहेका पंकजलाई पछि अस्पताल लगिए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार पंकजको मृत्यु शरीरभित्र लागेको गम्भीर चोटका कारण भएको हो । घटनापछि प्रहरीले गैरइरादतन हत्यासम्बन्धी धाराअन्तर्गत मुद्दा दर्ता गरी सीसीटिभी फुटेज र भाइरल भिडियोका आधारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस !