किन लगातार घट्दैछ भारतको विदेशी मुद्रा सञ्चिति, झण्डै १० अर्ब डलरले फेरि कमी

किन लगातार घट्दैछ भारतको विदेशी मुद्रा सञ्चिति, झण्डै १० अर्ब डलरले फेरि कमी

भारत : भारतको विदेशी मुद्रा सञ्चिति १२ जुनमा समाप्त भएको सातामा ९.९८५ अर्ब अमेरिकी डलरले घटेर ६७१.६२५ अर्ब डलरमा पुगेको छ । यसको मुख्य कारण सुनको सञ्चितिमा आएको ठूलो गिरावट रहेको बताइएको छ ।

यो जानकारी भारतीय रिजर्भ बैंकले शुक्रबार सार्वजनिक गरेको हो । यसअघि पनि अघिल्लो सातामा कुल विदेशी मुद्रा सञ्चिति ७११ मिलियन डलरले घटेर ६८१.६१० अर्ब डलरमा झरेको थियो । १२ जुनमा समाप्त भएको सातामा कुल सञ्चितिको सबैभन्दा ठूलो हिस्सा रहेको विदेशी मुद्रा सम्पत्ति भने ८४६ मिलियन डलरले बढेर ५४४.२९० अर्ब डलर पुगेको छ ।

तर सुनको सञ्चिति १०.७५४ अर्ब डलरले घटेर १०३.८२१ अर्ब डलरमा सीमित भएको छ । आरबीआईका अनुसार, विशेष आहरण अधिकार पनि ६६ मिलियन डलरले घटेर १८.६९९ अर्ब डलरमा झरेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग भारतको रिजर्भ पोजिसन पनि ११ मिलियन डलरले घटेर ४.८१५ अर्ब डलरमा पुगेको छ ।

के हो कारण ?
विदेशी मुद्रा सञ्चितिमाथिको दबाब कम गर्न गत महिना नरेन्द्र मोदी सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क उल्लेखनीय रूपमा बढाएको थियो । प्रधानमन्त्री मोदीले मध्यपूर्व संकटका कारण भारतको विदेशी मुद्रा सञ्चितिमाथि थप दबाब परेको चेतावनी दिएका थिए ।
भारतले सुन र चाँदीमा लाग्ने आयात शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएको छ । त्यस्तै प्लाटिनममा लाग्ने शुल्क ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत बनाइएको छ ।

सरकारको यो कदम विदेशी मुद्रा जोगाउने तथा कच्चा तेल, मलखाद र महत्वपूर्ण प्रविधिजस्ता अत्यावश्यक आयातलाई प्राथमिकता दिनका लागि चालिएको बताइएको छ । विशेष गरी विश्व ऊर्जा बजार र अन्तर्राष्ट्रिय ढुवानी मार्गहरूमा अस्थिरता बढिरहेका बेला यस्तो निर्णय गरिएको हो । कच्चा तेलको ठूलो आयातकर्ता भएकाले भारत उच्च तेल तथा ग्यास मूल्यको प्रत्यक्ष असरमा पर्ने देश हो ।

भारतलाई कति ठूलो विदेशी मुद्रा सञ्चिति चाहिन्छ ?
भारतीय रिजर्भ बैंकका पूर्व डेपुटी गभर्नर माइकल देबब्रत पात्राका अनुसार भारत आर्थिक रूपमा अझ सुरक्षित हुन कम्तीमा १ ट्रिलियन अमेरिकी डलर बराबरको विदेशी मुद्रा सञ्चिति आवश्यक छ । हाल भारतसँग करिब ६९० अर्ब डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ, जुन १ ट्रिलियन डलरको लक्ष्यभन्दा करिब ३१० अर्ब डलर कम हो । यस वर्ष मार्च १६ मा प्रकाशित एक लेखमा पात्राले विदेशी मुद्रा सञ्चितिको स्तर बजारको विश्वास र स्थिरताका लागि अत्यन्त महत्वपूर्ण हुने बताएका थिए ।

उनका अनुसार १ ट्रिलियन डलर सञ्चितिको लक्ष्य दुई प्रमुख सुरक्षा कवचमा आधारित छ । करिब ३५० अर्ब डलर एक वर्षभित्र तिर्नुपर्ने सम्पूर्ण वैदेशिक ऋणको सुरक्षा गर्न । बाँकी ६५० अर्ब डलर विदेशी पोर्टफोलियो लगानीकर्ताहरूले ठूलो मात्रामा पूँजी फिर्ता लैजाने सम्भावित जोखिमबाट जोगिन ।
पात्राले भारतले सन् २०२२–२३ पछि यस्तै चुनौतीहरूको सामना गरिसकेको उल्लेख गर्दै दीर्घकालीन आर्थिक स्थिरताका लागि कम्तीमा ६०० देखि ६५० अर्ब डलर बराबरको अतिरिक्त सुरक्षा कोष आवश्यक पर्ने बताएका छन् । उनका अनुसार यही आधारमा भारतको विदेशी मुद्रा सञ्चिति कम्तीमा १ ट्रिलियन डलर हुनुपर्छ, किनभने सञ्चितिको एक हिस्सा बजारमा हस्तक्षेप गर्न तरल स्वरूपमा उपलब्ध हुनुपर्ने आवश्यकता पनि रहन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.