ट्रम्पले उपहार प्राप्त करोडौंको बोइङलाई रुपान्तरण गर्दै सार्वजनिक गरे नयाँ ‘एयर फोर्स वान’

ट्रम्पले उपहार प्राप्त करोडौंको बोइङलाई रुपान्तरण गर्दै सार्वजनिक गरे नयाँ ‘एयर फोर्स वान’
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार म्यारील्यान्डको जोइन्ट बेस एन्ड्र्युजमा रहेको ह्याङ्गरमा नयाँ अस्थायी एयर फोर्स वान सार्वजनिक गरेका छन् । यो घोषणा त्यही दिन गरिएको हो, जुन दिन ह्वाइट हाउसले ३० वर्षभन्दा बढी समयदेखि राष्ट्रपति बोक्दै आएको दुईमध्ये एउटा बोइङ–७४७ लाई विदाई दिएको थियो ।

नयाँ विमानलाई भीसी–२५ बी नाम दिइएको छ र यसलाई रातो, सेतो, गाढा निलो र सुनौलो रङको आकर्षक डिजाइन दिइएको छ । यो विमान कतारबाट ट्रम्पलाई उपहारस्वरूप प्राप्त भएको हो, जसले राजनीतिक विवाद पनि जन्माएको छ । आलोचकहरूले यो विमानको मूल्य करिब ४० करोड डलर भएको र एकै स्रोतबाट एक वर्षमा ५० डलरभन्दा बढी मूल्यको उपहार लिन नपाइने नियमभन्दा धेरै माथि भएको बताएका छन् ।

तर ट्रम्पले यस आलोचनालाई अस्वीकार गर्दै यस्तो प्रस्ताव अस्वीकार गर्नु ‘मूर्खता’ हुने बताएका छन् । पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार रक्षा मन्त्रीले सबै संघीय नियम र कानुन अनुसार कताररबाट बोइङ ७४७ स्वीकार गरेको हो । यो कतारी ७४७ बोइङलाई रूपान्तरण गर्न करिब १ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । यो विमान नयाँ राष्ट्रपति विमानहरू २०२७ र २०२८ मा आउन्जेलका लागि अस्थायी विकल्पको रूपमा प्रयोग हुनेछ ।

ती नयाँ विमानहरूको कुल लागत पनि ३.७ अर्बबाट बढेर करिब ५ अर्ब डलर पुगेको छ । यो उपहार विमानको आलोचनामा सेन्टिनेल (पहरेदारी) नामक अन्तर्राष्ट्रिय ब्यालेस्टिक मिसाइल  आधुनिकीकरण कार्यक्रमबाट पैसा कटौती हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ, जुन पहिले नै ढिलो भइसकेको छ । उद्घाटन समारोहमा ट्रम्पले कतारका अमिरलाई धन्यवाद दिँदै भने, ‘उहाँ एक शानदार व्यक्ति हुनुहुन्छ ।’ उनले थपे, ‘यो संसारकै सबैभन्दा विलासी विमान हो ।’

ट्रम्पका अनुसार यो विमान अत्याधुनिक विमानहरूसँग प्रतिस्पर्धा गर्न आवश्यक थियो, किनभने अन्य देशका नेताहरूसँग धेरै नयाँ र राम्रो विमानहरू छन् । पुराना राष्ट्रपति विमानहरू १९९० मा जर्ज एच.डब्ल्यू. बुशको कार्यकालमा सेवा प्रवेश गरेका थिए । हालै तीमध्ये एउटा प्राविधिक समस्या आएपछि यात्रा बीचमै फर्कनुपरेको घटना पनि भएको थियो । 

वायुसेनाले कतारी विमानलाई छिटो रूपान्तरण गर्दै सेवा दिन तयार गरेको छ, यद्यपि केही योजनाबद्ध सुरक्षा सुधारहरू पछि सारिएको छ । अधिकारीहरूका अनुसार यसलाई राष्ट्रपति स्तरको सुरक्षा मापदण्ड अनुसार तयार गरिएको छ । यो नयाँ रंग योजनाले ट्रम्पको निजी विमानसँग पनि मेल खान्छ । साथै, ४ जुलाईमा वाशिङ्टन डीसीमा हुने अमेरिकाको २५०औं वार्षिकोत्सवको ठूलो फ्लाईओभरको नेतृत्व पनि यही विमानले गर्ने बताइएको छ । विमानको भित्री भागमा पत्रकारहरूले देख्दा लिन्कन मेमोरियलको पोखरीमा पौडी खेलिरहेको हाँसको फ्रेम गरिएको तस्वीर समेत राखिएको देखिएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.