सरकारका काम र क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको छ : माधव नेपाल
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राष्ट्रको हितको रक्षा गर्नका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको बुद्धिजीवि भेलालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले राष्ट्रको हितको रक्षा गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको भन्दै यसका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गरेर अघि बढ्ने बताएका हुन् । जनता, राष्ट्र, परिवर्तन रूपान्तरणको पक्षमा प्रष्ट सोचका साथ नेकपा अघि बढ्ने उनले बताए ।
त्यस्तै नेपालले सरकारको काम क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढिरहेको धारणा राखे । चुनावबाट निकै ठूलो शक्ति हासिल गरेको दलको सरकार दम र अहंकारबाट प्रेरित भएको उनको भनाइ छ । उनले ठूलो शक्ति हासिल गरेको सरकारको आलोचना गर्दा अलिबढी असहिष्णु भयो कि भन्ने आरोप लाग्ने भएकाले सरकारको सय दिन पर्खेर बसेको धारणा राखे ।
प्रतिक्रिया दिनुहोस !