इजरायली संसदमा ट्रम्पको भाषणका क्रममा किन भयो हंगामा ?

इजरायली संसदमा ट्रम्पको भाषणका क्रममा किन भयो हंगामा ?
सुन्नुहोस्

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको भाषणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली संसद्लाई सम्बोधन गरे।

इजरायल–गाजा युद्धलाई उल्लेख गर्दै ट्रम्पले यो क्षेत्र अहिले शान्त रहेको भन्दै सधैँभरि शान्ति रहने आशा व्यक्त गरे।   

ट्रम्पको सम्बोधनको क्रममा इजरायली संसदमा केही हंगामा भएको थियो। यस कारण ट्रम्पले केही समयका लागि आफ्नो भाषण रोक्नु परेको थियो।

ट्रम्पको सम्बोधनका क्रममा एक इजरायली विपक्षी सांसदले प्यालेस्टाइनलाई मान्यता दिनुहोस् लेखिएको एउटा कागज देखाए।

त्यसपछि ती विपक्षी सांसदलाई तुरुन्तै बाहिर निकालियो।

त्यसपछि ट्रम्पले आफ्नो भाषण पुनः सुरु गरे। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई धन्यवाद दिए। उनले इजरायल–हमास वार्तामा मध्यस्थता गर्ने अरब देशहरूलाई पनि धन्यवाद दिए।

ʻमध्य पूर्वमा दशकौंदेखि यस क्षेत्रलाई सताउने अराजकता, आतंक र विनाशका शक्तिहरू अब कमजोर, एक्लो र पूर्ण रूपमा पराजित भएका छन्,ʼ ट्रम्पले भने।

यस वर्ष तीन इरानी आणविक स्थलमा अमेरिकी आक्रमणको सन्दर्भमा ट्रम्पले यो बिना गाजामा शान्ति सम्झौता सम्भव नहुने भने।
   
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.