एमालेका शीर्ष नेता सहभागी भएकै कार्यक्रमबाट पक्राउ परेका थिए उपाध्यक्ष पौडेल

एमालेका शीर्ष नेता सहभागी भएकै कार्यक्रमबाट पक्राउ परेका थिए उपाध्यक्ष पौडेल
सुन्नुहोस्

वीरेन्द्रनगर : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ परेका छन्। वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी भइरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

कार्यक्रममा एमालेका अन्य शीर्ष नेताहरू शंकर पोखरेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा तथा रामबहादुर थापा बादलसमेत सहभागी थिए।

प्रहरीका अनुसार नेता पौडेललाई नेपालगन्ज लगिएको छ। सुर्खेतबाट काठमाडौंका लागि तत्काल सिधा हवाई उडान उपलब्ध नभएकाले उनलाई सडकमार्ग हुँदै नेपालगञ्ज लगिएको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलसहितको टोलीले पौडेललाई पक्राउ गरी सरकारी गाडीमा राखी नेपालगञ्जतर्फ लगेको हो। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका लागि पक्राउ परेका नेता पौडेललाई आजै काठमाडौं पठाइने प्रहरीले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.