२ करोड ५९ लाख बराबरको भेप लिएर तातोपानीबाट बाह्रिबिसे आउँदै थिए पक्राउ परेका श्रेष्ठ

२ करोड ५९ लाख बराबरको भेप लिएर तातोपानीबाट बाह्रिबिसे आउँदै थिए पक्राउ परेका श्रेष्ठ
सुन्नुहोस्

सिन्धुपाल्चोक : २ करोड ५९ लाख ५० हजार बराबरको ७ हजार ७ सय थान विद्युतीय चुरोट (भेप)सहित सिन्धुपाल्चोकको जुगल गाउँपालिका–४ का रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

बाह्रबिसे नगरपालिका-३ खाग्दलबाट सोमबार ७ हजार ७ सय थान विद्युतीय चुरोट (भेप) र बोलेरो गाडीसहित श्रेष्ठलाई नियन्त्रणमा लिएको हो। 

‘तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बोलेरो गाडीमा लुकाई छिपाई अवैध रूपमा ल्याउँदै गरेको विभिन्न ब्राण्डका विद्युतीय चुरोटसहित हामीले गाडी र ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिएका हौं’, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक जेसी शाहले भने।

प्रहरीले गोप्य सूचनाको आधारमा विद्युतीय चुरोटसहित प्रदेश ०३–०१–०२४ च ९२१९ नम्बरको बोलेरो गाडी र श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले अवैध भेपसहित उनलाई नियन्त्रणमा लिएको थियो। श्रेष्ठलाई बरामद सामानसहित थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि तातोपानी भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.