मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रुसहित ३ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा पैदलयात्रुसहित ३ जनाको मृत्यु

सिमरा: बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। 

जितपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा६८प ७५९१ नम्बरको मोटरसाइकलले छातापिपरा चोकमा सडक पार गर्दै गरेका पैदलयात्रुलाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना युवक र एक पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।

मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया घर भई हाल काठमाडौं बसोबास गर्दै आएका २० वर्षीय सभ्य अधिकारी र काठमाडौं टोखा नगरपालिकाका २० वर्षीय डिजेन जोशी रहेका छन्। पैदलयात्रुको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइते सबैलाई उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शवहरू हाल बयोधा अस्पताल र नारायणी अस्पतालमा राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.