बलिउडका बादशाह अमिताभ बच्चनको पहिलो प्रेमिका को थिइन्?
काठमाडौं : बलिउडका महानायक अमिताभ बच्चन आज पनि आफ्नो अभिनय र व्यक्तित्वका कारण चर्चामा छन्। तर 'शहेनशाह' बन्नुअघि उनको जीवनमा एक प्रेमकथा पनि थियो, जसबारे धेरैलाई जानकारी छैन।
भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभ बच्चनको पहिलो प्रेमिका माया नामकी युवती थिइन्,जो त्यतिबेला ब्रिटिश एयरवेजमा कार्यरत थिइन्। अमिताभले कोलकाता र मुम्बईमा संघर्ष गरिरहेका बेला उनीहरूबीच प्रेम सम्बन्ध सुरू भएको बताइन्छ।
लेखक हनिफ जवेरीका अनुसार अमिताभ र मायाबीचको सम्बन्ध निकै गहिरो थियो। माया बारम्बार अमिताभलाई भेट्न आउँथिन्,जसका कारण परिवारले सम्बन्धबारे थाहा पाउने चिन्ता अमिताभलाई हुने गरेको बताइएको छ।
रिपोर्टअनुसार अमिताभका पिता,प्रसिद्ध कविहरिवंश राय बच्चनले समेत मायालाई मन पराउँथे। बच्चन परिवारले उनलाई स्वीकार गरिसकेको र भविष्यमा अमिताभकी जीवनसाथी बन्न सक्ने अपेक्षा गरेको दाबी पनि पुस्तकमा गरिएको छ।
तर, सन् १९७० को दशकको सुरुवातमा अमिताभको फिल्मी करियर उकालो लाग्न थालेसँगै उनीहरूको सम्बन्धमा दूरी बढ्यो। बदलिँदो परिस्थिति र प्राथमिकताका कारण अन्ततः उनीहरू अलग भएको बताइन्छ।
मायासँगको सम्बन्ध टुंगिएपछि अमिताभ अभिनेत्री जया बच्चनसँग नजिकिए। दुवैले ३ जुन १९७३ मा विवाह गरे। उनीहरूका दुई सन्तान छन्-श्वेता बच्चन र अभिषेक बच्चन छन्।
हाल अभिषेकको विवाह अभिनेत्री ऐश्वर्या रायसँग भएको छ। उनीहरूको आराध्या नामकी एक छोरी छिन् । यस्तै, श्वेताको विवाह उद्योगपति निखिल नन्दसँग भएको छ र उनीहरूका दुई सन्तान छन्।
प्रतिक्रिया दिनुहोस !