पाकिस्तानी प्रधानमन्त्रीले भने- अमेरिका-इरान वार्ता सफल, ६० दिनभित्र अन्तिम सम्झौता
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले स्विट्जरल्यान्डको बर्गेनस्टकमा 'इस्लामाबाद समझदारी ज्ञापन' अन्तर्गत भएको पहिलो वार्ता सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।
उनले सकारात्मक र अर्थपूर्ण वातावरणमा छलफल भएको बताएका हुन्। उनले एक्समा पोस्ट गर्दै उत्साहजनक प्रगति भएको उल्लेख गरे।
उनले वार्तामा ६० दिनभित्र अन्तिम सम्झौताको लागि रोडम्याप तयार गर्ने, राजनीतिक पर्यवेक्षणको लागि उच्चस्तरीय समिति स्थापना गर्ने र थप प्राविधिक वार्ता सुरु गर्ने सहमति भएको छ।
प्रधानमन्त्री शरीफले अमेरिकी र इरानी वार्ताकारहरूको अर्थपूर्ण वार्ताप्रति प्रतिबद्धताको प्रशंसा गरेका छन्। यसबाहेक उनले मध्यस्थकर्ता देश कतार र बैठकको आयोजक देश स्विट्जरल्यान्डप्रति पनि आभार व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !