ट्रम्पको उपस्थितिमा इजरायली संसदमा नेतान्याहूले के भने ?

ट्रम्पको उपस्थितिमा इजरायली संसदमा नेतान्याहूले के भने ?
सुन्नुहोस्

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संसदमा उपस्थितिमा संसदमा भाषण गरेका छन्। प्रधानमन्त्री नेतान्याहूले राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्।  

उनले भने,ʻहामी लामो समयदेखि यो क्षणको प्रतीक्षा गरिरहेका थियौँ। म सम्पूर्ण देशको तर्फबाट तपाईं (ट्रम्प)लाई व्यक्तिगत रूपमा धन्यवाद दिन चाहन्छु।ʼ

उनले अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्प इजरायलका सबैभन्दा मिल्ने साथी भएको बताए।  

नेतान्याहूले ट्रम्पको गाजा प्रस्तावलाई शान्तितर्फको महत्त्वपूर्ण कदम भएको बताए। उनले भने, ʻम शान्तिप्रति प्रतिबद्ध छु। तपाईंहरू यस शान्तिप्रति प्रतिबद्ध हुनुहुन्छ र हामीसँगै यो शान्ति कायम राख्नेछौँ।ʼ

नेतान्याहूले यहूदी पात्रो अनुसार दुई वर्षे युद्धको अन्त्य भएको बताए। नेतान्याहूले ट्रम्पको नेतृत्वले इजरायललाई अरब देशहरूसँगको सम्बन्ध सुधार गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.