नेपाल-भारतबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता

नेपाल-भारतबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता
सुन्नुहोस्

काठमाडौं : नेपाल र भारतबीच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ। मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र ९ वटा पालिकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो। 

जसअनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, चंखेली गाउँपालिका, बुटवल उपमहानगरपालिका, इन्द्रवती गाउँपालिका, जय पृथ्वी नगरपालिका, भरतपुर महानगरपालिकालगायतका स्थानीय तहमा सहयोग उपलब्ध गराउने विषयमा सम्झौता भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी दिए।

यसअघि चालु आर्थिक वर्षमा १३ वटा परियोजनामा सम्झौता भइसकेको उनले बताए। उनले सम्बन्धित पालिकाबाट आयोजना माग गरेर अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा प्रस्ताव पठाएपछि दूतावासले स्वीकृत गर्ने प्रक्रिया रहेको जिकिर गरे। उनले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपैयाँ रहने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.