यसरी हेर्न सकिन्छ 'सम्पूर्ण' एप
काठमाडौं : अन्नपूर्ण मिडिया नेटर्वकले एआईमा आधारित सम्पूर्ण एप सार्वजनिक गरेको छ। यो एप एन्ड्रोइड र आइओएस दुवै प्रयोगकर्ताका लागि साझा गरिएका छन्।
मानिसका दैनिक जीवनसँग सम्बन्धित विषयवस्तुमा आधारित यो एपलाई एन्ड्रोइड र आइफोन प्रयोगकर्ताहरूले डाउनलोड गरेर हेर्न सक्नेछन्।
एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले यहाँ क्लिक गरेर र आइफोन प्रयोगकर्ताले यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सक्नेछन्।
के छ एपमा ?
सम्पूर्ण एपमा ताजा समाचारमात्र होइन, सुन, चाँदीको मूल्य, विदेशी विनिमय दर, इन्धनको मूल्य र मौसमको ताजा जानकारी पनि पाउन सकिन्छ।
सुपर एपमा सेयर बजारमा भइरहेका गतिविधि, जन्मकुण्डली, गुण मिलान, ग्रहगोचर, सुरक्षित कुण्डलीसहित दिन, महिना र वर्षको राशिफल हेर्न सकिन्छ। एपमा भित्तेपात्रोसँगै पञ्चांग र चाडपर्वका बारेमा पनि जानकारी पाउन सकिन्छ। पात्रोमा आफ्ना निर्धारित कार्यक्रमहरू पनि नोट गरेर राख्न सकिन्छ।
सुपर एपमा रहेका विभिन्न फिचरहरूलाई प्रयोगकर्ताले आफू अनुकूल परिवर्तन पनि गर्न सक्नेछन्। आफूलाई मन पर्ने फिचरलाई कस्टोमाइज गर्न सकिनेछ। ‘अकिन’को सहकार्यमा बनाइएको एप डिजिटल दुनियाँमा अन्नपूर्ण मिडियाले गरेको यो नेपालकै पहिलो प्रयोग हो।
प्रतिक्रिया दिनुहोस !