तरकारी खेतीले फेरिएको धनुबास

तरकारी खेतीले फेरिएको धनुबास

प्यूठान : मल्लरानी गाउँपालिका–३ धनुबासको पहिचान नै फेरिएको छ। परम्परागत खेती प्रणाली र बालीबाट तरकारी खेतीमा किसानहरू आकर्षित भएपछि गाउँको पहिचान नै फेरिएको हो। अहिले धनुबासलाई तरकारी गाउँको रूपमा चिनिन थालेको छ।

पछिल्लो पाँच वर्षदेखि यहाँका किसानहरू तरकारी खेती थालेका हुन्। यहाँका किसानहरूले व्यक्तिगतका साथै समूहमा समेत तरकारी खेती गर्दै आएका छन्। आलु, प्याज, काँक्रा, टमाटरलगायतका तरकारी उत्पादन हुने गरेको छ। उत्पादित तरकारीहरू स्थानीय बजारका साथै जिल्ला सदरमुकाम खलंगामा खपत हुँदै आएको छ। बिक्रीबाट बचेको उत्पादनहरू कोल्ड स्टोरमा राख्ने गरिएको छ।

‘आलु र प्याज खेतीबाट तरकारी खेती सुरु गरेका छौं।’ ,स्थानीय कृषक सन्तबहादुर अधिकारी भने, ‘अघिल्लो वर्ष ३० र अहिले ४० क्विन्टल आलु कोल्ड स्टोरमा पठाएको छ।’ अहिले काँक्रा र टमाटर खेती गरिएको उनले बताए। जिल्लामा रहेका कोल्ड स्टोरहरू सञ्चालन नहुँदा जिल्ला बाहिर पठाउनु परेको किसानहरूले बताएका छन्।

गहुँ, मकै, कोदो, फापर खेती गरिँदै आएकोमा २०७५ सालदेखि तरकारी खेती थालिएको वडा सदस्यसमेत रहेका यहाँका किसान अमर घर्तीमगरले बताए। तरकारी खेतीबाट राम्रा आम्दानी हुने भएपछि यहाँका किसानहरू उत्साहित भएको उनले बताए।

किसानहरूको उत्पादनलाई मल्लरानी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने गरेको छ। सदरमुकाम खलंगामा कृषि संकलन केन्द्र सञ्चालन गरी सहकारीमार्फत उत्पादनका आधारमा ५ रुपैयाँदेखि ५० रुपैयाँसम्म अनुदान दिने गरेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर खड्काले बताए। ‘किसानहरूलाई प्राविधिक सहायताका लागि ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन गरिएका छ।’, उनले भने, ‘प्राधिकहरूको नियमित परामर्शसँगै कृषकहरूले आफ्नो उत्पादनको बजार भाउमा गाउँपालिकाले अनुदान दिने गरेको छ।’

तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्न राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले धनुबासका किसानहरूलाई प्रविधि सीप सहयोग गरेको छ। वडा सदस्यसहित यहाँका किसानहरू तरकारी उत्पदानमा अग्रसर भएपछि हौसला दिन सहयोग गरिएको कार्यालयले जनाएको छ। ‘किसानहरूको उत्पादन वृद्धिका लागि प्राविधिक सीप दिएका छौं।’, कार्यालय प्रमुख चुमानसिंह गिरीले भने, ‘गाउँपालिकासँगको सहकार्यमा उत्पादनको बजारीकरणमा समेत किसानहरूले सहयोग गर्ने गरिएको छ।’

उत्पादन बृद्धिका लागि यहाँका किसानहरूले पशुचौपायाको मूत्र संकलन गरी अर्गानिक मल तयार गर्ने गरेका छन्। बिरुवाको उत्पादकत्व वृद्धिका लागि यो उपयोगी हुने गरेको किसानले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.