स्कुटर चोरेको अभियोगमा एक जना पक्राउ
भक्तपुर : स्कुटर चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट स्कुटर चोरी गरेको आरोपमा सिन्धुली मरिण गाउँपालिका-४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई प्रहरीले पक्राउ गरेको हो ।
सूर्यविनायक नगरपालिका-८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२-०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका-१ सल्लाघारीबाट चोरी भएको स्कुटरसहित पक्राउ गरेको हो ।
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !