६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ-काठमाडौं सडक खण्ड

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ-काठमाडौं सडक खण्ड
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धादिङ : धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा आइतबार बिहान करिब ५ बजे ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ-काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ।

अविरल वर्षापछि आएको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने काममा कठिनाइ भएको थियो।

सडक अवरुद्ध हुँदा सयौं यात्रुवाहक तथा मालवाहक सवारीसाधन राजमार्गमै रोकिएका थिए भने यात्रुहरूले घण्टौंसम्म सास्ती व्यहोर्नुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार डोजर परिचालन गरी पहिरो हटाउने कार्य गरिएको थियो। निरन्तर खसिरहेको ढुङ्गाका कारण सडक खुलाउन समय लागेको भए पनि करिब ६ घण्टापछि पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी सञ्चालनमा ल्याइएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.