श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ
संखुवासभा : श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। चैनपुर नगरपालिका –०७ घर भई हाल मादी नगरपालिका –०४ डाँडागाउँ बस्दै आएका अमरबहादुर सार्कीले आफ्नै श्रीमती फुलमाया मुदेललाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
घरायसी विवादका क्रममा उनले आफ्नै घरमा रहेको धारिलो हतियार (खुकुरी) प्रहार गरी श्रीमतीको हत्या गरेका हुन्। घटनामा प्रयोग गरिएको खुकुरीसहित सार्कीलाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !